गुल्मी, १९ माघ। गुल्मीमा बाटो खन्ने क्रममा डोजरले पल्टाएको ढुगांले लागेर घाइते एक जना बृद्धको ज्यान गएको छ । मालिका गाउँपालिका ४ अर्खबाङका ८८ वर्षिय भुवनेश्वर अर्यालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक गंगाबहादुर थापाले जानकारी दिए ।
मृतक अर्याल मोटरबाटो खन्ने क्रममा लु १ क २३६४ नम्बरको डोजरले पल्टाएको ढुगांले लागेर घाइते भएका थिए । माघ ५ गते घर नजिकै पल्टेको ढुगांले लागेर घाइते भएपछी थप उपचारको लागी उनलाई वुटवल सम्म लगिएको थियो ।
बृद्धको मृत्यु भएसँगै चालकलाई प्रहरीले नियन्त्रणमा लिई थप कारवाही अगाडी वढाईने प्रहरी नायव उपरिक्षक थापाले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्