दोलखा , २० माघ । वर्षेनी नेपालबाट मात्र दुइ हजारको हारहारीमा लाटोकोसेरो तथा हुचील जातका पंक्षी चोरी तस्कारी हुने गरेको तथ्य सार्वजानीक भएको छ । संरक्षणको अभावमा संकटमा परेको लाटोकोसेरो तथा हुचीललाई संरक्षण गर्नु पर्ने भन्दै युवा सञ्जाल जिरी र प्रकृतिका साथी काठमाडौंले दोलखाको पर्यटकीय नगरी जिरीमा आयोजित दुई दिने नेपाल लाटोकोसेरो तथा हुचील उत्सव २०७४ मा यस्तो तथ्य बाहिर आएको हो ।
पछिल्लो समय नेपालबाट विभिन्न प्रजातीका जनावर तथा पंछीहरु लोप हुने क्रम बढ्दो छ । नेपालबाट मात्र वर्षेनी लोटोकोसेरो तथा हुचिल जातको पंछी लोप हुँदै गएको छ । उत्सवमा नेपालबाट मात्र २ हजारको हारहारीमा हुचीत प्रजातीको लाटोकोसेरोे तस्करी हुने गरेको तथ्य खुलासा भएको छ । दोलखबाट मात्र तीन वटा नाका हुँदै वर्षेनी २ सय वटा हुचील तस्करी हुने गरको प्रकृतिका साथी काठमाण्डौँका कार्यकारी निर्देशक राजु आचार्यले बताए ।
दोलखाको जिरी निगरपालिका आसपासमा लाटोकोसेरो तथा हुचीलको बासस्थान रहेकोले यसको संरक्षणका लागि युवा सञ्जाल जिरी संग समन्वय गरी ७ औं उत्सव जिरीलाई रोजेको आचार्याले बताए ।
यस अघि विभिन्न जिल्लामा गरी ६ वटा उत्सव मनाई सेकेको प्रकृतिका साथीहरु काठमाण्डौँले ७औँ पटकको उत्सव दोलखाको जिरीलाई रोजेको हो । संरक्षणको अभावमा यो पंछीको चोरी शिकारी हुने गरे पनि यसको संरक्षणकोे लागि खास कतै पनि पहल हुन सकेको छैन ।
यो यसको संरक्षणका लागि टेवा पुग्नुका साथै पर्यटकहरुलाई जिरी भित्राउने गरी उत्सवको आयोजना गरीएको युवा सञ्जाल जिरीका अध्यक्ष केन्द्रज्योती खड्काले बताए ।
वर्षेनी ठूलोे संख्यामा लाटोकोसेरो तथा हुचिल नेपालबाट बाहिरी देशमा चोरी तस्कारी हुने गरेको भए पनि यसलाई रोक्न खास पहल हुन सकेको छैन । किसानको साथी भए पनि संरक्षणको अभावमा दिनानु दिन हुचिल जातको पंक्षी लोप हुने क्रममा छ ।
प्रतिक्रिया दिनुहोस्