ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बाजुरामा बीमा कार्यक्रम शुरु


admin
२२ माघ २०७४, सोमबार   ४ : ३९   बजे

बाजुरा, २२ माघ। सरकारले सञ्चालन गरेको स्वास्थ्य बीमा बाजुरामा पनि सञ्चालन हुने भएको छ ।

स्वास्थ्य बीमाको समन्वय र जिल्ला जनस्वास्थ्य कार्यालयको आयोजनामा स्वास्थ्य बीमा सञ्चालन गर्न थालिएको जिल्ला जनस्वास्थ्य अधिकृत रमेश कुँवरले जानकारी दिनुभयो ।

जिल्लामा रहेका विपन्न, अतिगरिब, सीमान्तकृत, पिछडिएका वर्गको स्वास्थ्योपचारमा सहयोग पुग्ने गरी उक्त कार्यक्रम सञ्चालनमा ल्याइएको उल्लेख गर्दै स्वास्थ्य बीमा बोर्डका संयोजक भरत बोहराले स्वास्थ्यमा पहुँच पु¥याउनका लागि यो कार्यक्रम हरेक जिल्लामा लागू गर्न आवश्यक रहेको बताउनुभयो ।

स्वास्थ्य बीमा कार्यक्रमले एक घरका पाँच जनाको परिवाले रु दुई हजार ५०० तिरेमा वर्षभरि सरकारले बिरामीको उपचारका लागि रु ५० हजार सहयोग गर्ने व्यवस्था रहेको संयोजक बोहराले जानकारी दिनुभयो ।

बीमाले आकस्मिक बिरामी मात्र नभई अन्य समयमा कुनै बीमाकर्ता बिरामी भए सरकारले छनोट गरेको स्वास्थ्य कार्यालयमा निःशुल्क उपचारका साथै कम पैसामा उपचार गर्न पाइने जनस्वास्थ्य अधिकृत कुँवरले बताउनुभयो । जिल्लामा बीमा सञ्चालनका लागि जिल्लाका जनप्रतिनिधि, विभिन्न संघसंस्था, सञ्चारकर्मी, स्वास्थ्यकर्मीलाई अभिमुखीकरण गरिएको छ ।

स्वास्थ्य बीमाले गुणस्तरीय स्वास्थ्य सेवामा सबैको पहुँच सुनिश्चित गर्ने, स्वास्थ्य सेवा उपयोगका क्रममा हुनसक्ने अनियोजित व्यक्तिगत खर्चलाई व्यवस्थित गर्दै आर्थिक जोखिम व्यवस्थापन गर्ने बीमाको उद्देश्य छ ।

स्वास्थ्य बीमा कार्यक्रमले आमा सुरक्षा कार्यक्रमसँगै सरकारले आव ०६८÷०६९ बाट लागू भएको कार्यक्रम सरकारले आव २०७२÷०७३ बाट कार्यक्रम सञ्चालनमा ल्याएको हो । हालसम्म स्वास्थ्य बीमा सञ्चालन भएको जिल्लाबाट चार लाख ५१ हजार जनाले स्वास्थ्य बीमा गरेको बताइएको छ भने बीमाबाट रू १५ करोड आठ लाख १३ हजार संकलन भएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

सेनेगललाई पराजित गर्दै नर्वे नकआउट प्रवेश

एम्बाप्पे चम्किए, फ्रान्सले इराकलाई गोलविहीन बनायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group