कालिकोट, २३ माघ । स्थानिय तह सञ्चालनमा आएको ९ महिना बितिसक्दा पनि मुगु जिल्लामा अझै वडा सचिवहरु उपस्थित भएका छैनन् । मुगुका चारवटा स्थानीय तहका ४५ वडा मध्ये १० वडामा मात्र सचिव छन् । बाँकी वडा अहिले पनि सचिवविहीन अवस्थामै छन् ।
वडामा सचिव नहुँदा अत्यावश्यक काम गर्न स्थानीयले समस्या भोग्नुपरेको । नागरिकता बनाउनका लागि सिफरिस, जन्मदर्ता, मृत्युदर्ता विवाह दर्ता र राजस्व तिर्ने लगायातका काम गर्न स्थानीयले वडा अध्यक्षमार्फत गर्नु परेको छायानाथ रारा नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष डम्बर रावलले बताए। ‘स्थानीय सचिव खोज्न भौतारिनु पर्ने बाध्यता रहेको छ।’ उनले भने, ‘वडाका सबै काम म आफैले गर्दै आएको छु।’
मुगुका खत्याड गाउपालिका, सोरु गाउँपालिका, मुगुम कार्मारोङ्ग गाउँपालिका र छायानाथ रारा नगरपालिकामा अधिकांश वडामा सचिवविहीन छन्।
मुगुको कार्मारोङ्ग गाउँपालिकाका ९ वटा वडा मध्ये ३ वटा वडा र छायानाथ रारा नगरपालिकाका १४ वटा वडा मध्ये ३ मात्र सचिव छन् भने सोरु गाउँपालिकाका ११ वटा वडा मध्ये ५ वटा वडामा र खत्याड गाउँपालिकाका ११ वडा मध्ये ३ वटा वडामा मात्र सचिव रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्