ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पाँच जना अपहरणकारी सीमा नाका बाट पक्राउ


admin
२९ माघ २०७४, सोमबार   ७ : ११   बजे

काठमाडौं, २९ माघ । प्रहरी कार्यालय मोरङले पाँच जना अपहरणकारीलाई पक्राउ गरेको छ । खुल्ला सीमा नाकाको फाइदा उठाउँदै भारतबाट बन्धक बनाएर मोरङ ल्याएका चार जना भारतीय नागरिकलाई प्रहरीले अपहरणकर्ता बाट छुटाउन सफल भएको हो।

प्रहरीले अपहरण कार्यमा संलग्न भएको आरोपमा सुनसरी, मोरङ निवासी ५ जनालाई सार्वजनिक गरेको छ ।

अपहरणकार्यमा सुन्दरहरैंचा नगरपालिकाका टीकाराम चौधरी, ठाकुर गुरुङ, नवराज गौतम रहेकाछन भने, सुनसरी इनरुवाका नारायण साह, मधुकर साहको संलग्नता रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख अरुणकुमार बीसीले बताए ।

गत बुधबार माघ २४ गते भारतको विहारस्थित खगडियाबाट ६ जनालाई भारतीय अपराधीले अपहरण गरेका थिए। अपहरणकारीले भारतबाट विराटनगर जोगबनी नाका हुुँदै अपहरित सबैलाई मोरङको सुन्दरहरैंचा नगरपालिका लुकाइछिपाइ राखेका थिए।

भारतको फारविसगञ्ज निवासी बालेश्वर साहले नेपालमा रहेको आफ्नो घरमा पुजाको बाहना बनाउदै खगडियाको बेन्दोर जिल्लाका राजकिशोर साह, अजयकुमार साह, अखिलेश साह, दिनबन्धु तिवारी, र रञ्जित कुमारलाई राती ८ बजे जोगबनी नाका हुँदै नेपाल भित्राएको प्रहरीको भनाइ छ।

तर पछि बन्धक बनाई १ लाख रुपैँया फिरौती मागीएको थियो । अपहरणका क्रममा शारीरीक र मानसिक यातना दिईएको पिडीतहरुले बताए । अपहरणमा परेका राजकिशोर होटलबाट भाग्न सफल भए पछि भारतीय र नेपाल प्रहरीलाई सम्पर्क गरेका थिए । उनैको सहकार्यमा प्रहरीले अपहरणकारीलाई पक्राउ गर्न सफल भएको हो ।

प्रहरीले पक्राउ परेकाहरुबाट ५० हजार भारतीय रुपैया, ५ थान मोबाइल सेट र एउटा मोटरसाइकल पनि बरामद गरेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

सेनेगललाई पराजित गर्दै नर्वे नकआउट प्रवेश

एम्बाप्पे चम्किए, फ्रान्सले इराकलाई गोलविहीन बनायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group