काठमाडौं ३ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवाले पदबाट राजीनामा दिएका छन्। प्रधानमन्त्री देउवाले हतार हतार देशबासीका सम्वोधन गर्दै प्रधानमन्त्री कालको उपलव्धी समेत पढेका थिए ।
देउवाले भने ‘मैले धैर्य नगरेको भए संक्रमणकाल सकिने थिएन, बरु देशमा थप समस्या निम्तिने थिए,’ देउवाले भने, ‘म चाहन्थे काठमाडौंजस्तै तराई, पहाड हिमालका जनताले संविधानलाई आफ्नो मानून्।’
सम्बोधनमा देउवाले तीनै तहका चुनाव सम्पन्न गर्नु आफ्नो सरकारको महत्वपूर्ण उपलब्धी भएको समेत दावी गरे । सम्बोधन लगत्तै देउवा राष्टपति कार्यालय पुगेर राजीनामा बुझाएका छन् । कानुनत देउवाले राजीनामा गरिरहनु पर्ने थिएन ।
प्रतिक्रिया दिनुहोस्