गुल्मी, ६ फागुन । पहिरो जाने क्रम नरोकिए पछि गुल्मीमा पहिरो रोक्न पूजा–पाठ गरिएको छ । सदरमुकाम तम्घासदेखि अर्घाखाँची जोड्ने सडक खण्डको नेटा–वेदुखर्क बीचमा सडक विस्तारका क्रममा निरन्तर पहिरो झरेपछि रोक्न भन्दै पूजा–पाठ गराइएको हो ।
पहिरो नजिकै रहेको पानीको पँधेरोमा तीन भाई झाँक्री रहेको स्थानीयको विश्वास छ। रेसुङ्गा नगरपालिका–७ का स्थानीयले झाँक्रीकै ‘समाखान’ नपुगेकोर पहिरो नरोकिएको विश्वास गरेपछि पँधेरो नजिकै ‘समाखान’ राख्न सडक विस्तारको जिम्मा पाएका निमार्ण व्यवसायी हरिकुमार श्रेष्ठले पूजा–पाठ गराएका हुन् ।
वर्षऔं अघिदेखिको उदाहरण दिँदै पहिरो झरेको ठाउँमा तीन भाई झाँक्री रहेको ठोकुवा गर्दै ‘समाखान’ नभएसम्म पहिरो नरोकिने स्थानीय को भनाई छ ।
सो विषयमा पूजा–पाठ गराउने श्रेष्ठले कुनै प्रतिक्रिया जनाएनन् भने बुद्धिजीवीले यसलाई अन्धविश्वासको संज्ञा दिए ।
प्रतिक्रिया दिनुहोस्