काठमान्डौ ६ असोज
आजकल निकै डरलाग्न थालेकोछ।
संगै सुतेका श्रीमानले
मटितेल छर्केर आगो लगाउने हुनकी भनेर,
दाइजो ल्याइनस भनेर सासुले
सलाई कोरेर जलाउनेहुकी भनेर।
बा जस्तै ससुरालेनै
यौन कुन्ठा मेटाउन
भगाउने हुनकी भनेर।
आफ्नै भाइ छोराहरुले
अपराध गरि लडाउने हुनकी भनेर।
आजकल निकै डरलाग्न थालेको छ।
परिवार भित्रै अपराध हुन्छकी भनेर
आफ्ना भनेर देखिने बाटै
जीवनले हात धुन्छकी भनेर।
अनेक अपराधहरु
जेलिदै जांदा समाजमा
टाउकै छिनालिएका शरीर देखेर।
अबैध सम्बन्धहरु बढिरहेको समय
नाङ्गै पल्टाइएका मृत मान्छेहरु देखेर
आजकल निकै डरलाग्न थालेको छ।
अकालमै आफुं मर्छुकी भनेर
अपराधीहरुको चंगुलमा पर्छुकी भनेर।
बिस्वास दिलाएर घात गरिदा
बुझ्न नसकेर फस्छुकी भनेर।
डिलमा पुर्याएर हातदिन खोज्दा
अडिन नसकेर खस्छुकी भनेर।
आजकल निकै डरलाग्न थालेको छ ।
समाखुसी काठमान्डौं ।
प्रतिक्रिया दिनुहोस्