ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

फोरम सरकारमा सहभागी हुने निर्णय


admin
२२ फाल्गुन २०७४, मंगलबार   ५ : ४९   बजे

काठमाडौँ, २२ फागुन । संघीय समाजवादी फोरमले सरकारमा सहभागी हुने निर्णय गरेको छ ।

पार्टीको आज बसेको वैठकले संविधान संशोधनको विषयलाई सरकारले अपनत्व ग्रहण गरेको निष्कर्ष निकाल्दै सरकारमा जाने प्रस्तावलाई अनुमोदन गरेको पार्टीका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

संविधान संशोधनमा सरकार सकारात्मक भएको आधारमा फोरमले लामो समयदेखि संविधान संशोधनका लागि गरेको सडक संघर्षको परिणाम स्वरुप अहिले वैचारिक रुपमा राजनीतिक सफलता प्राप्त भएको ठहर फोरमले गरेको छ ।

उहाँका अनुसार सरकारको नीति तथा कार्यक्रम र मन्त्रालयको बाडफाडका विषयमा भने नेकपा
(एमाले) र नेकपा (माओवादी केन्द) सँग छलफल हुने छ ।

परराष्ट्र फोरमले मागेकै छैन

यसअघि फोरमले आफु सरकारमा सहभागी बन्दा परराष्ट्रसहित तीन मन्त्रालय मागेको समाचार बाहिर आएका थिए ।

बामगठबन्धनसँगको वार्तामा आफुहरुले परराष्ट्र मन्त्रालय मागेको नभई बरु उनीहरुले लिन आग्रह गरेको फोरमको भनाई छ । तर, फोरमले परराष्ट्र मन्त्रालय आफ्नो लागि रोजाईको नभएको बताए ।

फोरमका उपाध्यक्ष राजेन्द्र श्रेष्ठले सत्तारुढ दलले आफुहरुलाई परराष्ट्र मन्त्रालय लिन आग्रह गरेको बताए ।

उनले सत्तारुढको परराष्ट्र मन्त्रालयको प्रस्ताव अस्वीकार गरिसकेको भन्दै उक्त मन्त्रालयबाहेकका तीन मन्त्रालय पाउनुपर्ने अडान राखेको जनाए ।

‘हामीले परराष्ट्र बाहेकका तीन मन्त्रालय मागेका हौँ, तर फोरमले परराष्ट्र माग्यो भनेर समाचार आइरन्छन्, तर बास्तविकता त्यस्तो होइन’ नेता श्रेष्ठले भने ।

फोरम उपाध्यक्ष श्रेष्ठका अनुसार अहिलेसम्मको सहमतिमा सत्तारुढ दल फोरमलाई तीन मन्त्रालय दिन तयार भएका छन् ।

कुनकुन मन्त्रालय भन्नेबारे भने छलफल हुनै बाँकी छ ।

तर, राजपा पनि सरकारमा जाने अवस्था आए फोरमले पाउने मन्त्रालय दुईवटा मात्रै हुनेछन् ।

पछिल्लो पटक प्रधानमन्त्री ओलीले राजपालाई समेत सरकारमा ल्याउने पहल थालेका छन् । त्यसका लागि ओलीले राजपा नेताहरुसँग पनि छलफल गरिसकेका छन् ।

पार्टीको प्रतिनिधिसभामा १७ जना सांसद रहेका छन् । एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बाम गठबन्धनको सरकार यही फागुन ३ गते गठन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

सेनेगललाई पराजित गर्दै नर्वे नकआउट प्रवेश

एम्बाप्पे चम्किए, फ्रान्सले इराकलाई गोलविहीन बनायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group