ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गृहमन्त्री थापाले दिए निर्देशन, भने-‘अध्यागमन बारेका नकारात्मक टिप्पणी अब सुन्न नपरोस्’


admin
२४ फाल्गुन २०७४, बिहिबार   ३ : ०३   बजे

काठमाडौँ, २४ फागुन । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले अध्यागमन विभाग र सो अन्तर्गतका कार्यालयका कमी कमजोरी हटाई तत्काल सुधारको काम अघि बढाउन निर्देशन दिनुभएको छ ।

आज यहाँ अध्यागन विभागको निरीक्षणपछि गृहमन्त्री थापाले अध्यागमनका केही कर्मचारीको मिलेमतोमा अवैध काम हुने गरेको भनिआएका नकारात्मक टिप्पणीहरु अन्त्य हुने गरी काम गर्न निर्देशन दिनुभयो ।

अध्यागमनकोे छविमा केही दिनभित्रै सुधार देखिने गरी कार्यशैलीमा परिवर्तन ल्याउनुपर्नेमा उहाँले जोड दिनुभयो । यो क्षेत्र राष्ट्रिय सुरक्षासँग जोडिएको विषय भएकाले यसलाई सोही अनुसार गम्भीर रुपमा लिनुपर्ने गृहमन्त्री थापाले बताउनुभयो । विश्वका अपराधीहरुले सहजै प्रवेश पाउनसक्ने मुलुकका रुपमा नेपाललाई चिनिनबाट रोक्न पनि सुरक्षाको पाटोलाई विशेष ध्यान दिन उहाँले आग्रह गर्नुभयो ।

देशको सुरक्षा र स्थिरतासँग जोडिएको क्षेत्र भएकाले अध्यागमनको सुधार हुन सके देशकै सुरक्षा र स्थायित्वमा सुधार आउने उहाँको भनाइ छ । अध्यागमनलाई स्रोत साधन सम्पन्न गर्न तथा आवश्यक तालीमका लागि मन्त्रालयबाट पूर्ण रपमा सहयोग हुने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “पाँच वर्षभित्र विकसित मुलुकका अध्यागमनले दिनेजस्तै सेवा, सुविधा र प्रविधि सहितको कार्यालय हुने गरी काम शुरु गर्नुहोस्, सरकारले आवश्यक आर्थिक सहयोग गर्छ ।”

अध्यागमनका कर्मचारीले आफूलाई मालिकका रुपमा होइन सेवकका रुपमा उभ्याउन उहाँले निर्देशन दिनुभयो । उहाँले कर्मचारीहरुलाई भन्नुभयो, ‘‘तपार्इंहरु भोलि सेवानिवृत्त भएपछि साधारण नागरिकका रुपमा अध्यागमनबाट जुन किसिमको सेवाको अपेक्षा गर्नुहुन्छ, सोही अनुरुपको व्यवहार आज तपाईंहरुले गर्नुहोस् ।”

कार्यक्रममा गृहमन्त्रालयका सचिव मोहनकृष्ण सापकोटा, अध्यागमन विभागका महानिर्देशक दीपक काफ्लेले विभागको वर्तमान अवस्था र कामकारबाहीबारे मन्त्री थापालाई जानकारी गराउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

सेनेगललाई पराजित गर्दै नर्वे नकआउट प्रवेश

एम्बाप्पे चम्किए, फ्रान्सले इराकलाई गोलविहीन बनायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group