काठमाडौं, २९ फागुन । राष्ट्रपति चयनका लागि भएको निर्वाचन सम्पन्न भएको छ । निर्वाचनमा संघिय संसदका ५ र प्रदेशसभाका १३ जना अनुपस्थित थिए । मतगणना केही समयपछि सुरु हुने जनाइएको छ ।
राष्ट्रपतिको लागि बामगठबन्धनबाट विधादेवी भण्डारी र काँग्रेसबाट कुमारी लक्ष्मी राईको उमेद्वारी परेको छ ।
निर्वाचनमा प्रतिनिधिसभा सदस्य, राष्ट्रियसभा सदस्य र प्रदेशसभा सदस्यले मतदान गरेका छन् । जसमा संघीय संसद्को एक सदस्यको मतभार ४८ छ । जसअनुसार प्रतिनिधिसभा र राष्ट्रिय सभाका ३३४ सदसस्यहरुको कुल मतभार २६ हजार ३ सय ८६ हुनेछ ।
यस्तै, ५५० प्रदेशसभा सदस्यहरुको कुल मतभार २६ हजार ४ सय छ । जसअनुसार जम्मा मतभार ५२ हजार ७ सय ८६ हुनेछ ।
यो मतभारमध्ये जसले ५० प्रतिशत मतभार कटाउँछ, उही उम्मेदवार राष्ट्रपतिमा निर्वाचित हुनेछ ।
प्रतिक्रिया दिनुहोस्