काठमाडौं, १ चैत । काठमाडौंको गौशालाबाट बुधवार राति पक्राउ परेका गुन्डा नाइके गणेश लामालाई १० दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालयले अनुमति दिएको छ।
हातहतियार तथा खरखजानामा प्रहरीले अनुसन्धान अगाडि बढाएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी मोहनकुमार थापाले बताए।
सरकारी वकिल कसलाई राख्ने भन्ने तोकिएको छैन।
लामालाई प्रहरीले बुधवार राति गौशलाको पशुपति भिजन होटेलबाट एक थान पेस्तोल र ६ राउण्ड गोली सहित पक्राउ गरेको हो।
जफत गरिएको पेस्तोल लामाले आफ्नो नभइ आफूलाई गोली हान्न आएको युवकबाट खोसेको दावी गरेका छन्। प्रहरीले तयार परेको मुचुल्कामा लामाले हस्ताक्षर गर्ने मानेका छैनन्।
लामालाई बिहिबारबाट महानगरीय प्रहरी परिसर टेकुमा राखिएको छ।
प्रतिक्रिया दिनुहोस्