काठमाडौं, २ चैत । मन्त्रीहरुको सपथ ग्रहण कार्यक्रम साझँ साढे ५ बजेका लागि सारिएको छ । प्रधानमन्त्रीको सचिवालयले नँया मन्त्रीहरुको सपथ साँझ साढे ५ बजेका लागि सरेको जानकारी दिएको छ ।
यसअघि अपरान्ह ४ बजे नयाँ मन्त्रीलाई सपथ खुवाउने कार्यक्रम थियो ।
प्रतिनिधि सभाका उपसभामखुको निर्वाचन लम्बिएपछि सपथ सरेको हो । त्यसैरी आजको मन्त्रिमण्डल विस्तारका क्रममा संघीय समाजवादी फोरमलाई पनि सरकारमा ल्याउने प्रधानमन्त्री केपी शर्मा ओलीले प्रयास जारी राखेकाले सपथ समय पछि सरेको हो ।
ओली नेतृत्वको सरकारमा नेकपा एमालेबाट प्रदीप ज्ञवाली, गोकर्ण बिष्ट, रवीन्द्र अधिकारी, रघुवीर महासेठ, शेरबहादुर तामाङ, जगत बिश्वकर्मा र गोकुल बाँस्कोटा मन्त्री हुने बन्ने भएका छन्।
त्यसैगरी नेकपा माओवादी केन्द्रका तर्फबाट बर्षामान पुन, शक्ति बस्नेत, चक्रपाणी खनाल (बलदेव), गिरिराजमणि पोखरेल र वीना मगर मन्त्री बन्ने भएका छन् ।
प्रतिक्रिया दिनुहोस्