सर्लाही, ४ चैत । यहि आउदो चैत्र ८ गते विहीवार बाट शुरु हुन गैरहेको माध्यमिक शिक्षा परीक्षा(एसईई) मा सर्लाहीबाट करीब साँढे ९ हजार विद्यार्थी परीक्षामा सहभागि हुने भएका छन् ।
जिल्लाका विभिन्न ३२ ओटा परीक्षा केन्द्रहरुबाट नियमित तर्फ ८ हजार ५ सय ९२, एक्जाम्टेड तर्फ ५३९ र प्राविधिक तर्फ १६० गरी कूल ९ हजार २ सय ९१ परीक्षार्थीले एसईई परिक्षा दिने जिल्ला शिक्षा कार्यालय सर्लाहीका शाखा अधिकृत रामाधार कुशवाहाले बताए ।
बिहिबार बिहान ८ बजे बाट परिक्षा हुने भए पछि जिल्ला मा परीक्षाका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको बताए ।
परीक्षा लाई सुरक्षित र मर्यादित रुपमा सम्पन्न गर्न को लागी प्रत्येक केन्द्रमा १५ जना सुरक्षाकर्मी र त्यस्तै प्रति २० विद्यार्थी बरावर एक जना निरीक्षक राखिएको बताईएको छ।
यो पटक सामुदायिक र निजी विद्यालयका विद्यार्थीलाई मिसाएर राखिने शाखा अधिकृत कुशवाहाको भनाई छ ।
त्यस्तै एक्जामटेड र प्राविधिक तर्फको परीक्षा भने सदरमुकाम मलंगवामा संचालन हुनेछ । एक्जामटेड तर्फको मलंगवामा रहेको कृष्णमति मावि र प्राविधिक विषयको मलंगवामै रहेको पब्लिक माविमा हुने जिल्ला शिक्षा कार्यालय सर्लाही ले जनाएको छ ।
साथै अघिल्ला बर्ष हरु मा नियमित र इक्जाम्टेट को प्रश्न पत्र एकै हुने गरेको भए पनि यस वर्ष को परिक्षा मा नियमित र एक्जामटेड को प्रश्न पत्र समेत फरक फरक प्रश्नपत्र रहने बताईएको छ ।
प्रतिक्रिया दिनुहोस्