बझाङ, ८ चैत ।बिहीबार सञ्चालन भएको एसईई परिक्षामा बझाङमा चिट चोर्न सहयोग गर्ने दुई जनालाई प्रहरीले प्रकाउ गरेको छ। सत्यवादी मावि भोपुर केन्द्रमा चिट चोराई रहेको अवस्थामा दुई जनालाई प्रहरीले प्रकाउ गरेको हो ।
आफन्तलाई चिट चोराउन परिक्षा केन्द्रभित्र आएका जयपृथ्वी नगरपालीका ५ का प्रकाश सिंह र थलारा गाँउपालीका ६ बस्ने योगेन्द्र पाण्डेलाई प्रहरीले प्रकाउ गरी सार्वजनिक गरेको हो ।
चिट चोराउने दुवै जनालाई प्रहरीले जिल्ला कार्यालयमा ल्याएको छ । उनीहरूलाई आवश्यक कार्बाही गरिने प्रहरी नायब उपरिक्षक ऋषिराम कंडेलले बताए ।
बझाङ जिल्लाका १९ वटा परिक्षा केन्द्रमा छात्र छात्रा गरि झण्डै ९ हजार एसईई परिक्षा दिदै छन् । पहिलो दिन अंग्रेजीको परिक्षामा सत्यवादी मावि बाहेक अन्य केन्द्रमा परिक्षा शान्त र मर्या्दित रुपमा सम्पन्न भएको जिल्ला शिक्षा अधिकारी सुर्य बहादुर सिंहले बताए ।
प्रतिक्रिया दिनुहोस्