ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एमाले-माओवादी पार्टी एकता : राजनीतिक प्रतिवेदन तयार


admin
१६ चैत्र २०७४, शुक्रबार   १० : १३   बजे

काठमाडौ, १६ चैत । एमाले र माओवादी एकताका लागि गठित अन्तरिम राजनीतिक प्रतिवेदनसम्बन्धी कार्यदलले ४२ पृष्ठको अन्तरिम राजनीतिक प्रतिवेदनलाई अन्तिम रूप दिएको छ। बिहीबार अबेरसम्म शंखमूलस्थित एक अपार्टमेन्टमा बसेको कार्यदलको बैठकले अन्तरिम राजनीतिक प्रतिवेदनलाई अन्तिम रूप दिएको हो।

कार्यदलले एकता महाधिवेशनअघिसम्मका लागि मार्गदर्शक सिद्धान्त, एकीकृत पार्टीको राजनीतिक कार्यदिशा, रणनीतिक लक्ष्यलगायत मूलभूत विषय टुंगो लगाएको छ।  अन्तरिम मार्गदर्शक सिद्धान्तका रूपमा माक्र्सवाद–लेनिनवाद अपनाउने, जनताको बहुदलीय जनवाद तथा माओवाद र एक्काइसौँ शताब्दीको जनवादलाई एकता महाधिवेशनबाट टुंगो लगाउने कार्यदलमा सहमति भएको छ  भन्दै नयाँ पत्रिकाले खवर छापेको छ ।

त्यस्तै, संविधानको प्रस्तावनाअनुसार समाजवादको आधार तयार गर्ने गरी राजनीतिक कार्यदिशा अपनाउने, जनआन्दोलन, जनक्रान्ति र जनयुद्धले गरेका परिवर्तनलाई प्राप्त उपलब्धिका रूपमा स्वीकार गर्ने पनि अन्तरिम राजनीतिक प्रतिवेदनमा सहमति भएको छ।

अन्तरिम राजनीतिक प्रतिवेदनमा पृष्ठभूमि, अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको समीक्षा, अबको कार्यभार र कार्यदिशा, समाजवादसम्म पुग्ने बाटोलगायत विषय समेटिएका छन्।

प्रतिवेदनमा जनताको बहुदलीय जनवादका विशेषता उल्लेख गरिएको छ। कार्यदलमा एमाले नेता माधवकुमार नेपाल संयोजक छन्। त्यस्तै, सदस्यहरूमा एमालेबाट भीमबहादुर रावल, सुवास नेम्वाङ, प्रदीप ज्ञवाली र रघुजी पन्त छन् भने माओवादीबाट नारायणकाजी श्रेष्ठ, देव गुरुङ, शक्ति बस्नेत, देवेन्द्र पौडेल र फम्फा भुसाल छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group