काठमाडौं, १९ चैत । नेकपा एमाले केन्द्रिय कमिटी उपाध्यक्ष पूर्व उपप्रधानमन्त्री तथा अछाम क्षेत्र नम्बर १ प्रतिनिधिसभा सदस्य भिम रावलले सबैलाई एकजुट बनाइ शैक्षिक स्थितिमा सुधार गर्ने बताउनुभयो ।
बेताल माण्डौ माबी साफेबगर नगरपालिका १० घुघुरकोटको ५० औं बर्ष स्थापना तथा स्वर्ण जयन्ति महोत्सवलाई सम्बोधन गर्दै उहाले अब नेपालीहरुले मिलेर अगाडि बढनुपर्ने र गाउँमा आयका बिकासे बजेटहरु बिल मिलाएर खाने प्रवृत्तिको अन्त्यका लागि सबैले मिलेर लाग्नुपर्ने बताउनुभयो ।
उहाले पहिलेको तुलनामा अहिले शैक्षिक स्थितिमा सुधार हुँदै गएको र यसलाई अझै अगाडि बढाउन आफू सधै तत्पर रहेको बताउनुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै रास्ट्रिय सभा सदस्य शेर बहादुर कुवरले आफू शिक्षा क्षेत्रको बिकासका लागि कहिलै पछि नहटेको र आगामी दिनमा पनि अगाडी बढीरहने बताउनुभयो ।
उहाले अब आफू आगामी दिनमा शिक्षा क्षेत्रको बिकासका लागी आफू सहित सम्बन्धीत सबैलाई शैक्षिक बिकास र बिस्तारका लागि लाग्न शुझाब सल्लाह दिने बताउनुभयो ।
कार्यक्रममा बोल्दै अछाम क्षेत्र नम्बर २ प्रतिनिधि सभा सदस्य यज्ञ बोगटीले आफू शिक्षाको बिकासका लागि प्रतिनिधिसभामा कडाइका साथ माग राख्ने बताउनुभयो । उहाँले यो क्षेत्रको शैक्षिक बिकासका लागि सबै सान्सदहरु सगै मिलेर अघि बढने बताउनुभयो ।
यस्तै प्रदेश सभा सदस्य गोबिन्द बहादुर कुवरले शैक्षिक गुणस्तर सुधार गर्न प्रदेशसभामा माग गर्ने र यो प्रदेशका जो सुकै जनताहरुले पनि सस्तो र सर्बसुलब तरिकाले पढ्न पाउने खालको शैक्षिक कानुन बनाउनमा आफू पछि नहट्ने बताउनुभयो । उहाले शैक्षिक बिकासका लागि सधैं सरकारसंग माग गर्दै आएको बताउनुभयो ।
कार्यक्रममा बोल्दै प्रदेशसभा सदस्य मिना साउदले शिक्षाको बिकास बिना समाज परिवर्तन हुन नसक्ने बताउनुभयो । उहाले आफू आगामी दिनमा यो क्षेत्रको शैक्षिक बिकासका लागि प्रदेशसभामा माग उठाउने र शैक्षिक बिकासमा आफू सधै लागिरहने बताउनुभयो ।
कार्यक्रममा बोल्दै प्रदेशसभा सदस्य दुर्गा बिकले शिक्षाको बिकास नहुदा यो क्षेत्रका महिलाहरु पछाडी परेका र यहाँका महिला दिदिबहिनीहरुले छाउपडि जस्तो कुप्रथा अन्त्यका लागि पनि शिक्षाको माध्यमबाट अगाडी बढनुपर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्