धनकुटा, १९ चैत । धनकुटाको हिलेमा सोमबार अपरान्ह करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ। घर बनाउँने क्रममा रडले विजुलीको नाङ्गो तार छुदा घरधनी ३४ बर्षीय गोपाल बुढाथोकी र स्थानीय मिस्त्री ४५ बर्षीय निमा शेर्पाको मृत्यु भएको हो।
करेन्ट लागेर गंभीर घाईते भएका दुवै जनाको जिल्ला अस्पताल धनकुटामा उपचारका क्रममा मृत्यु भएको धनकुटाका प्रहरी प्रमुख सुदिप राजभण्डारीले जानकारी दिए।
घर बनाउँने क्रममा अपरान्ह करिव ४ बजे नजिकै रहेको बिजुलीको तारमा रडले छुदा उनीहरुलाई करेन्ट लागेको थियो। मृतकको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल धनकुटामा राखिएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्