काठमाडौं २० चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसंग समानताका आधारमा विशिष्ट सम्बन्ध विकास भएको बताएका छन् । संसदमा भारत भ्रमणबारे जानकारी दिंदै प्रधानमन्त्री ओलीले छिमेकी मुलुकहरुसँग शंकारहित भरपर्दो मित्रता विकास गर्न चाहेको बताए ।
ओलीले भने देशको शिर निहुरिने कुनै काम गरिने छ्रैन । देशको शिर उंचो राख्ने काम मात्र गरिने छ ।
प्रधानमन्त्री ओलीले विदेश नीतिको प्रस्थान विन्दु मित्रता हुने स्पष्ट गर्दै भने मितत्रा कसरी हुन्छ भने सम्वन्ध समानता र हअस्तक्षेपका आधारमा हुन्छ ।’
प्रधानमन्त्री ओलीले भारतसंग अर्गानिक कृषिका साथै जलमार्ग र रेलमार्गबारे पनि कुराकानी हुने बताएका छन्।
जलमार्ग भन्नासाथ मानिसहरु छक्क पर्ने गरेको भन्दै उनले गंगाको बाटोबाट सामान ल्याउन सकिन्छ भनेर मूर्त रुपमा काम देखिने दावी गरे ।
नेपालको चासो रहेको सार्क सम्मेलन र विमस्टेकका बारेमा .पनि आफूले भारतीय समकक्षीसंग कुरा गर्र्ने संसदलाई जानकारी दिएका छन् ।
सन् १९५० को सन्धीका बारे धेरै चांडो समाधान हुने प्रधानमन्त्रीको विश्वास छ । आफ्नो भ्रमणका समयमा भारतीय नोटवन्दीका बेला परेको समस्या सुल्झाउन पहल गर्ने बताउंदै अरुण तेस्रोको समकक्षी मोदीसंग सुरुवात गर्ने उनले बताए ।
प्रतिक्रिया दिनुहोस्