काठमाडौं, २० चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी मुलुकहरुसग शंकारहित भरपर्दो मित्रता विकास गर्न चाहेको बताउनुभएको छ । चैत्र २३ मा भारत भ्रमणमा जान लाग्नु भएका प्रधानमन्त्रीले विदेश नीतिको प्रस्थान विन्दु मित्रता भएको बताउनुभयो । मंगलबार संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भारत भ्रमण राष्ट्रहितमा केन्द्रित हुने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
प्रधानमन्त्री ओलीले आफ्नो प्राथमिकता सम्झौताको चाङ लगाउने नभई भएका सम्झौताहरु कार्यान्वयन र आपसी सम्बन्धलाई फलदायी बनाउने हुने प्रष्ट्याउनुभयो । उहा“ले भारतस“ग कृषि, जलमार्ग, रेलमार्ग, पर्यटन र सेवाबारे कुराकानी गर्ने बताउनुभयो ।
प्रधानमन्त्री ओलीले भूकम्पपछिको पुनर्निर्माणमा भारतले घोषणा गरेको सहयोग कार्यान्वयनलाई पनि भ्रमणमा प्राथमिकताका साथ उठाइने बताउनुभयो । आतंकवाद लगायतका कतिपय साझा मुद्दाहरु रहेको भन्दै प्रधानमन्त्री ओलीले भारतका जायज चासो सम्बोधन गर्न सरकार तयार रहेको सदनलाई जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्