काठमाडौं, २१ चैत । मुलुकभर महिला हिंसाका घटना बढेको भन्दै माइती नेपालले बुधबार काठमाडौंमा सिठी -याली निकालेका छन् ।
समाजमा बढ्दै गएको बलात्कार तथा यौन हिंसाका घटनालाई नियन्त्रण गर्न संगठित रणनीतिसहित साझा अभियान बढाउने उद्देश्यका साथ सिठी -यालीको आयोजना गरिएको माइती नेपालले जनाएको छ । बलात्कारका घटनाको प्रभावकारी छानबिन तथा कानुनी कारबाही गराउन दवाव सिर्जना गर्ने उद्देश्यले -यालीको आयोजना गरिएको आयोजकले जनाएको छ ।
काठमाडौको माइतीघरबाट सूरु भएको -याली नया बानेश्वर पुगी समापन भएको थियो । काठमाडौमा मात्र चालू आर्थिक बर्षको चैत्र महिनासम्म ८९ वटा महिला तथा बालिका बलात्कारका घटना प्रहरीमा दर्ता भएका छन् भने आर्थिक बर्ष ७३–७४ मा मात्र १ हजार १३० वटा जबरजस्ती करणीका घटना दर्ता भएका छन् ।
प्रतिक्रिया दिनुहोस्