चितवन, २१ चैत । चितवनको खैरहनी नगरपालिका–१ स्थित सिमलघारीमा चट्याङ लागेर चार जना घाइते भएका छन् ।
घाइते हुनेमा रत्ननगर नगरपालिका–५ की करिब ४५ वर्षीया सुशीला परियार, वर्ष १२ वर्षीया ज्योती परियार, वर्ष १० वर्षया सिम्रन परियार र वर्ष ९ वर्षीया काजल परियार रहेको प्रहरीले जानकारी दिएको छ ।
बुधबार अपरान्ह बाख्रा चराउ“दै गरेका गर्दा चट्याङ लागेर उनीहरु घाईते भएको प्रहरीले बताएको छ । घाइते सुशीलाको खैरहनीमै उपचार भईरहेको छ भने अन्य तीन जना बालिकाहरुको भरतपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका निमित्त प्रमुख प्रहरी नायव उपरीक्षक बासुदेव खतिवडाले जानकारी दिए ।
यस्तै चट्याङ लागेर ७ वटा बाख्रा समेत मरेको छ । दुई वटा बाख्रा भने घाईते भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्