काठमाडौं, २५ चैत । कषि, भूमि व्यवस्था तथा सहकारी राज्यमन्त्री रामकुमारी चौधरीले साना किसानलाई लक्षित गरी कार्यक्रम बनाउने तयारीमा मन्त्रालय रहेको बताउनुभयो ।
आइतबार काठमाडौंमा केन्द्रीय दुग्ध सहकारी संघ लिमिटेड नेपालको २४औं बार्षिक साधारण सभाको उद्घाटन गर्दे उहाले कृषि मन्त्रालयका सबै कार्यक्रम लक्षित वर्ग र तल्लो तहमा नपुगेको गुनासो आएको भन्दै साना किसानलाई लक्षित गरी कार्यक्रम बनाउने बताउनुभयो ।
उहाले विभिन्न आयोजनाका कार्यक्रम, जोन, सुपरजोन, प्याक्ट, प्रिष्ट लगायतले साना किसान लक्षित कार्यक्रम बनाउनुपर्ने जानकारी दिनुभयो ।
उहाले दुग्धमा समेत देश निर्भर हुन नसकेको अबस्थामा दुधको उत्पादनमा ध्यान दिनुपर्ने र सरकारले यसमा सहयोग गर्ने बताउनुभयो । बाहिरबाट आउने कच्चा दुधलाई रोक्न नसके पनि न्युनिकरण गर्दे लैजानुपर्ने उहाको भनाई छ ।
कार्यक्रममा दुग्ध किसानहरुले दुग्ध उत्पादनका क्षेत्रमा सरकारले चासो नदिएको कारण बाह्य बजारमा निर्भर हुनुपरेको भन्दै गुनासो गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्