ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सामुदायिक वनको १२७ हेक्टर क्षेत्रफल जग्गा अतिक्रमणमा


admin
२९ चैत्र २०७४, बिहिबार   ३ : १०   बजे

नुवाकोट, २९ चैत ।  यहाँको विभिन्न सामुदायिक वनको १२७ हेक्टर क्षेत्रफल जग्गा अतिक्रमणमा परेको छ ।

जिल्ला वन कार्यालयको तथ्यांकअनुसार भूकम्पपछि वन अतिक्रमण बढेको हो । जिल्लाको विभिन्न सामुदायिक वनको ६२ स्थानमा ५३४ घरधुरीले १२७ हेक्टर वनक्षेत्र अतिक्रमण गरेका जिल्ला वन अधिकृत पदमराज नेपालले जानकारी दिनुभयो ।

“सामुदायिक वन अतिक्रमण गरी आवास तथा टहर निर्माण, विद्यालय स्थापना, खेल मैदान, मन्दिर, सञ्चार सेवा प्रदायक संस्थाको टावर राखिएका छन्,”उहाँले भन्नुभयो, “हटाउन प्रयास भइरहे पनि अपेक्षा अनुसारको सफलता पाउन सकिएको छैन ।”

वन अतिक्रमण गरी बसेकालाई हटाउन जिल्ला वन कार्यालय, जिल्ला प्रशासन कार्यालयदेखि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत बारम्बार ताकेता गरेपनी अवस्था उस्तै रहेको सहायक वन अधिकृत राजकुमार यादवले बताउनुभयो ।

“वन अतिक्रमण गरी बसेको सूचनाको उजुरी अख्तियारसम्म पुगेपछि हटाउन प्रशासनलाई दिएको आदेशको समेत पालना भएको छैन,” उहाँले भन्नुभयो, “एउटा ठाउँको अतिक्रमण हटाउन नसक्दा त्यसको प्रभावले अर्को ठाउँमा अतिक्रमण बढ्दै गएको छ ।”
उहाँका अनुसार वनक्षेत्र अतिक्रमण गरी आवास बनाउनेमा सरकारी कर्मचारी समेतको संलग्नता रहेको छ । वन अतिक्रमण भएको स्थानमा सरकारी लगानीमा सडक सुविधा र नेपाल विद्युत् प्राधिकरणले विद्युत् सेवा उपलबध गराएको छ ।

आर्थिक वर्ष २०६९÷७० मा ‘वन अतिक्रमण नियन्त्रण कार्ययोजना’ बनाएर वनक्षेत्र सुरक्षित बनाउने प्रयास अभियानको रुपमा शुरु भए पनि भूकम्पका कारण प्रभावकारी नहुँदा अतिक्रमण बढ्दै गएको छ । सामुदायिक वन क्षेत्रबाट सडक विस्तार गर्ने र त्यहाँ रुख ढालेर आम्दानी लिने गरेको पाइएकाले त्यसलाई रोक्न विभिन्न सामुदायिक वनलाई ताकेता गर्दै आएको वन कार्यालयले जनाएको छ ।

वन क्षेत्र अतिक्रमण गर्नेलाई ‘वन ऐन” अनुसार हट्न पत्राचार गर्ने र नहटेमा बल प्रयोग गरी हटाउनसक्ने कानूनी प्रावधान भए पनि त्यसतर्फ वन कार्यालयको भूमिका कमजोर देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

सेनेगललाई पराजित गर्दै नर्वे नकआउट प्रवेश

एम्बाप्पे चम्किए, फ्रान्सले इराकलाई गोलविहीन बनायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group