काठमाडौं, २९ चैत । नेकपा एमालेको प्रतिनिधिसभा सांसद तथा अनेरास्ववियुकी अध्यक्ष नविना लामा बैशाख दोस्रो साता वैवाहिक जीवनमा बाँधिदै छिन् ।
उनले प्रवीण श्रेष्ठसँगको प्रेम सम्बन्धलाई नै वैशाख १३ गते वैवाहिक सम्बन्धमा परिणत गर्न लागेकी हुन् । श्रेष्ठ अनेरास्ववियुकै पूर्व नेता हुन् ।
वैवाहिक समारोहको प्रमुख आतिथ्यका लागि दुवैले बिहिबार प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर निम्ता दिएका छन् ।
युवा नेतृ नविनाको विहे आर्मी अफिसर्स क्लबमा तय भएको छ ।
यस अघि यूवा नेतृ रामकुमारी झाँक्रीले पनि अनेरास्ववियुको अध्यक्ष भएकै बेला विहे गरेकी थिइन् ।
प्रतिक्रिया दिनुहोस्