इटहरी, ३ वैशाख । सुनसरी, गढी गाउँपालिका–२ का मुस्ताक मियाँलाई सर्वसाधारणबाट रकम असुल गरिरहेको अभियोगमा प्रहरीले आज पक्राउ गरेको छ ।
मियालाई सोही स्थानमा इन्द्रावास वस्ती कार्यक्रम अन्तर्गत घर निर्माण योजना अघि बढाउने बताउँदै ४२ जनासँग प्रतिपरिवार रु पाँच हजारका दरले रु दुई लाख १० हजार असुल गरिसकेको अवस्थामा पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमोरियाले जानकारी दिनुभयो । उक्त कार्यमा अन्य व्यक्ति पनि संलग्न रहे नरहेको छानवीन भइरहेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्