ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेश ४ को नामको लागि यी सुझावहरु आए..


admin
१० बैशाख २०७५, सोमबार   ३ : २८   बजे

बागलुङ, १० वैशाख । यहाँस्थित विभिन्न क्षेत्रका अगुवाले प्रदेश नं ४ प्रदेशको नामाङ्कनमा लिखित तथा मौखिक सुझाव राखेका छन् ।

प्रदेश राजधानी र नामाङ्कन समितिमा उनीहरुले प्रदेशको नामकरणमा विभिन्न विकल्प सुझाएका हुन् । प्रदेश राजधानी भने हाल अस्थायी रुपमा तोकिएको पोखरा नै उपयुक्त हुनेमा एकमत देखिएको छ ।

सुझावकर्ताहरुले धवलगण्डक, धवलागिरि–गण्डकी, ढोरपाटन, सेतीकाली, तमुवान–मगरात आदि नाम राख्न सुझाव दिएका हुन् । प्रदेशको नामबारे लिखित रुपमा सुझाव राख्नेले त्यसको आधारसमेत खुलाएका छन् ।

प्रदेशको नामकरण गर्दा संघीयताको मर्म भुल्न नहुने अधिकांशको सुझाव छ । समग्र प्रदेशको साझा पहिचान झल्कने गरी नामकरण गरिनुपर्ने गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरेले बताउनुभयो ।

“सबैको अपनत्व झल्कने गरी साझा नाम राखिनुपर्छ”, उहाँले भन्नुभयो । नामाङ्कन गर्दा भूगोलदेखि इतिहास, संस्कृति, धर्मजस्ता पहिचानका विषय समेट्नुपर्ने आवाज उठेको छ ।

पूर्व संविधानसभा सदस्य केशरी घर्तीले प्रदेश नं ४ को नाम ‘तमुवान–मगरात’ हुनुपर्ने माग गर्नुभयो । उहाँले प्रदेशमा बस्ने बहुसंख्यक आदिवासी समुदाय र तिनको संस्कृतिको सम्मान हुनुपर्ने धारणा राख्नुभयो ।

संघीयताको मर्मलाई आत्मसात् गर्दै प्रदेशको नामकरण गर्नुपर्ने उहाँको सुझाव छ । आदिवासी, जनजाति समुदायका अगुवाले आफूहरुको पहिचान सम्बोधन हुनुपर्नेमा विचार राखेका छन् ।

समितिले राजनीतिक दल, नागरिक समाज, जनप्रतिनिधि, पेशागत संगठनका प्रमुख, निजी क्षेत्र, समाजसेवी, पत्रकारलगायतसँग सुझाव माग गरेको थियो । प्रदेशसभा सदस्य चन्द्रबहादुर बुढा ‘सागर’ले जिल्लाबाट प्राप्त सुझाव प्रदेशसभामा छलफलका लागि पेश गरिने बताउनुभयो ।

उहाँका अनुसार प्रदेश राजधानी पोखरा बनाउनुपर्नेमा भने कुनै दुईमत छैन । “प्रदेशको नामका सम्बन्धमा विभिन्न कोणबाट सुझाव आएका छन्”, उहाँले भन्नुभयो, “सुझावमाथि गहन छलफल गरी निर्णयमा पुग्छौँ ।”

केही मन्त्रालयलाई राजधानी बाहिरका जिल्लामा राखिनुपर्ने सुझाव भने आएको समितिले जनाएको छ । समितिले प्रदेशका सबै जिल्लामा सुझाव संकलनका लागि प्रदेशसभा सदस्यहरुलाई खटाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

सेनेगललाई पराजित गर्दै नर्वे नकआउट प्रवेश

एम्बाप्पे चम्किए, फ्रान्सले इराकलाई गोलविहीन बनायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group