ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

धनगढी उपमहानगरपालिकाको निर्माण गर्यो ऐन र कार्यविधि


admin
११ बैशाख २०७५, मंगलबार   ७ : २९   बजे

कैलाली, ११ वैशाख । धनगढी उपमहानगरपालिकाले विभिन्न २० वटा ऐन, कार्यविधि र नियममावली निर्माण गरेको छ ।

उपमहानगरपालिका कार्यालयद्वारा भए÷गरेका कार्य प्रगति सार्वजनिक गर्न आज यहाँ आयोजित पत्रकार सम्मेलनमा संविधानले दिएका अधिकार प्रयोग गरी चालु आर्थिक वर्ष २०७४÷७५ को हालसम्म विभिन्न २० वटा ऐन, कार्यविधि र नियममावली निर्माण गरेको जनाएको छ ।

नगरसभाबाट स्वीकृत भई कार्यान्वयनमा आएका ऐनहरुमा नगर शिक्षा ऐन २०७४, फोहर व्यवस्थापन ऐन २०७४, कृषि व्यवसाय ऐन २०७४, आर्थिक कार्यविधि तथा व्यवस्थित गर्न बनेको ऐन २०७४, सार्वजनिक निजी साझेदारी ऐन २०७४, न्यायिक समिति कार्यविधि सम्बन्ध ऐन २०७४, सहकारी ऐन २०७४ रहेको उपमहानगरपालिकाले जनाइएको छ ।

यसैगरी उपमहानगर कार्यालयले नगर कार्यपालिकाले पदाधिकारीको आचारसंहिता २०७४, नगरसभा सञ्चालन कार्यविधि २०७४, बैठक सञ्चालनसम्बन्धी बनेको कार्यविधि २०७४, उपमहानगरपालिकाको नगर कार्यपालिकाको कार्यसम्पादन नियमावली २०७४, कार्यविभाजन २०७४, नगरपालिकाको कार्यालयका कर्मचारीको आचारसंहितसम्बन्धी विनियमावलि २०७४, आर्थिक सहायता कार्यविधि २०७४, एफएम रेडियो व्यवस्थापन तथा सञ्चालन कार्यविधि २०७४, ‘घ’ वर्गको निर्माण व्यवसाय इजाजत कार्यविधि २०७४, ज्येष्ठ नागरिक परिचयपत्र प्रमाण वितरण निर्देशिका २०७४ लगायतका कार्यविधि एवं नियमावली बनाई कार्यान्वयनमा ल्याएको छ ।

नगरसभाबाट स्वीकृत भएका सात वटा ऐन र १३ वटा निर्देशिका कार्यविधि कार्यपालिकाबाट स्वीकृत भई राजपत्रमा प्रकाशन गरिसकिएको छ । संविधानको अनुसूची आठले स्थानीय तहले प्रयोग गर्ने गरी २२ वटा एकल अधिकार सूचीबद्ध गरेको उपमहानगरपालिकाले जनाएको छ ।

यस्तै नेपाल सरकार मन्त्रिपरिषदले यी एकल अधिकारको विस्तृतीकरण गरी स्थानीय तहबाट सम्पादन गर्नुपर्ने कामको समेत किटानी गरेको छ ।

पत्रकार सम्मेलनमा उपमहानगरपालिकाका प्रशासकीय अधिकृत भरतमणि पाण्डेयले उपमहानगरपालिकाले संविधानले दिएको अधिकारको प्रयोग गरी आफूलाई चाहिने आवश्यक कानूनको निर्माणमा गति दिँदै नगरपालिकाका काम–कारबाहीलाई खुला र पारदर्शी बनाउन प्राथमिकता दिएको बताउनुभयो ।

कार्यालयको प्रगति विवरणमा अधिकांश वडा कार्यालय सम्बन्धित वडास्तरमा नै स्थापना गरी सेवाग्राहीलाई सेवा प्रवाह सञ्चालन गरिएको, उपमहानगर क्षेत्रमा निर्माण गरिने विभिन्न योजनामध्ये हालसम्म २२६ योजनाको निर्माण सम्पन्न भएको उल्लेख छ ।

यस्तै हालसम्म उपमहानगर क्षेत्रमा झण्डै साढे सात किमी कालोपत्र सडक र साढे ५३ किमी ग्रभेल सडक निर्माण लगायतका काम भएको जानाइएको छ ।

सो अवसरमा नगरप्रमुख नृपबहादुर वडले प्रदेश नं ७ मा सबैभन्दा छिटो कानून बनाउनेमा धनगढी उपमहानगरपालिका सफल भएको उल्लेख गर्दै उपमहानगरपालिकालाई विकासको गतिमा दौडाउन गुरुयोजना बनाई अघि बढ्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

सेनेगललाई पराजित गर्दै नर्वे नकआउट प्रवेश

एम्बाप्पे चम्किए, फ्रान्सले इराकलाई गोलविहीन बनायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group