काठमाडौ, १३ वैशाख । चीनमा करोडौ रुपैँया हिनामिना गरेर फरार रहेकी एक महिला बौद्धमा पक्राउ परेकी छिन् । झाङ गोयुन नाम गरेकी ती चीनीयाँ महिलालाई नेपाल प्रहरीले बुधबार पक्राउ गरेको हो ।
पासपोर्ट नम्बर ई ५९९६६८५२ नम्बर भएकी उनलाई अध्यागमन विभागले चीन निष्काशनको तयारी गरेको छ। उनी नेपाल आएको थाहा पाएपछि चीन सरकारले उनको पासपोर्ट रद्द गरेको थियो।
चीनले अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठनलाई महिलाबारे सूचना दिएको थियो। इन्टरपोलसँगकै सहकार्यमा प्रहरीले उनलाई पक्राउ गरेको हो।
रद्द भएको पासपोर्ट प्रयोग भएकाले पक्राउ परेकी चिनियाँ महिलाविरुद्ध कारबाही अघि बढाइएको अध्यागमन विभागका निर्देशक कोषहरि निरौलाले बताए।
प्रतिक्रिया दिनुहोस्