गाईघाट, १४ वैशाख । चौडण्डीगढी नगरपालिका–९ को वडाध्यक्षलाई स्थानियले कार्यालयभित्रै थुनेर ताला लगाईदिएका छन् । स्थानीयले शुक्रबार वडाध्यक्ष प्रकाश राउतको कार्यप्रति असन्तुष्ट जनाउँदै कार्यालयमा तालाबन्दी गरेका हुन् ।
सेवाग्राही प्रेमकुमार खडकालाई दुव्र्यहार गरेको भन्दै आक्रोशित स्थानीयले विहान १० बजे नै अध्यक्ष राउतलाई भित्रै थुनेर ताला लगाइदिएका हुन् ।
बिहीबार कामको लागि वडा कार्यालय गएका खड्कालाई वडाध्यक्ष राउतले अपशब्द प्रयोग गर्दै जुत्ता खोलेर हानेकोले तालाबन्दी गरेको खड्कासहितको टोलीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यता वडाध्यक्ष राउतले बहालवाला शिक्षक खड्काले उपभोक्ता समितिमा बसेर अनियमिता गरेको आरोप लगाएका छन् । उनले बहालवाला शिक्षकले उपभोक्ता समितिमा बसेर काम सम्पन्न गरेको सिफारीस लिन आउँदा उल्टै दुव्यहार गरेको बताए ।
जनताको काम गर्दागर्दै खड्कासहितका समुहले कार्यालयमै थुनेर तालबन्दी गरिदिएको वडाध्यक्ष राउतले बताए ।
प्रतिक्रिया दिनुहोस्