ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विधार्थी यार्सा पाटनतिर


admin
१८ बैशाख २०७५, मंगलबार   ४ : ५६   बजे

डोल्पा, १८ वैशाख।  बहुमूल्य जडीबुटी यार्सागुम्बा याम शुरु भएसँगै हिमाली जिल्ला डोल्पाका अधिकांश विद्यालयमा विद्यार्थी संख्या घटेको छ ।

यस वर्ष जेठ १ गतेभित्रै यार्सागुम्बा पाटनहरु खुला गरिने भएपछि विद्यालय जान छाडेर विद्यार्थी यार्सागुम्बा संकलनको पूर्व तयारीमा जुट्न थालेका कारण डोल्पाका विद्यालयमा विद्यार्थी उपस्थिति न्यून बनेको हो ।

नियमित कक्षा छाडेर विद्यार्थी यार्सागुम्बा संकलनका लागि धमाधम उच्च हिमाली पाटनहरु जान थालेको बताइन्छ ।

तल्लो डोल्पाको मुड्केचुला गाउँपालिकामा पर्ने मालिका माध्यमिक विद्यालय नर्कुका प्रधानाध्यापक दीपक गुरुङका अनुसार धेरैजसो विद्यार्थी यार्सागुम्बा संकलनका लागि पाटनतिर लागिसकेका छन् । एक हप्ता अगाडिसम्म खचाखच हुने कक्षाहरु अहिले विद्यार्थी नहुँदा पातलिँदै गएका छन् ।

त्यस्तै, मध्यडोल्पाका धेरैजसो आधारभूत र माध्यमिक विद्यालयमा पनि विद्यार्थीको उपस्थितिमा कमी आएको छ ।

त्रिपुराकोट माध्यमिक विद्यालय मद्धुका आधारभूत र माध्यमिक तहका कक्षाहरुमा पनि १० प्रतिशत जति विद्यार्थी घटेको विद्यालयले जनाएको छ ।

विद्यार्थी संख्या घट्दै गए पनि पठनपाठन सञ्चालन भइरहेको शिक्षक शोभाकान्त पौडेलले जानकारी दिनुभयो ।

विद्यार्थी नियमित आए शिक्षकहरु पढाउनका लागि तयार रहेको समेत उहाँले बताउनुभयो ।

तर सरस्वती मावि दुनै र आदर्शमा मावि जुफालमा भने विद्यार्थीको संख्यामा कमी आएको छैन ।

सरस्वती मावि दुनैमा पनि पहिलो त्रैमासिक परीक्षाको तयारी भइरहेकाले विद्यार्थी संख्या नघटेको प्रधानाध्यापक सत्यनारायण सिंहले जानकारी दिनुभयो ।

जेठ १ गतेदेखि यार्सागुम्बा पाटनहरु खुला गर्ने भए पनि जेठ २ गतेदेखि पहिलो त्रैमासिक परीक्षा राखिएकाले पनि अहिले नै विद्यार्थीको उपस्थितिमा कमी नआइसकेको आदर्श मावि जुफालका प्रधानाध्यापक पूर्णबहादुर डाँगीेले जानकारी दिनुभयो ।

जेठ पहिलोसातादेखि भने सबै विद्यार्थी यार्सागुम्बा संकलनका लागि पाटनतिर जाने भएकाले डोल्पाका सम्पूर्ण विद्यालय बन्द हुने गर्छ ।

यार्सागुम्बा संकलन गरेरै डोल्पाली विद्यार्थीले वर्षभरिको पढाइ खर्च जुटाउने गर्छन् ।
विगतका वर्षहरुमा जेठको दोस्रो सातादेखि खुला गरिँदै आएका डोल्पाका यार्सागुम्बायुक्त हिमपाटनहरु यो वर्ष भने जेठ १ गतेदेखि नै खुला गरिने भएका छन् ।

बहुमूल्य जडीबुटी यार्सागुम्बा टिप्न यतिखेर डोल्पाली विद्यार्थीमात्र होइन छिमेकी जिल्ला जाजरकोट, जुम्ला, सुर्खेत, दैलेख, बाँके र रामेछाप जिल्लाबाट समेत डोल्पाका पाटनहरुमा जानका लागि आउने क्रम शुरु भएको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

सेनेगललाई पराजित गर्दै नर्वे नकआउट प्रवेश

एम्बाप्पे चम्किए, फ्रान्सले इराकलाई गोलविहीन बनायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group