कपिलबस्तु, १९ बैशाख। कृषि, भुमि ब्यबस्था तथा सहकारी मन्त्री चक्रपाणी खनाल (बलदेव) ले कपिलबस्तुका ४ बालबालिकाको शैक्षिक अभिभावकत्व ग्रहण गर्नुभएको छ ।
मन्त्री खनालले कपिलबस्तुको मायादेवी गाउपालिका सेमरौटीको सरस्वती प्राबिका राम बहादुर बरईलाई कक्षा २ मा, शुद्धोधन गाउपालिका बग्दी स्थित पुर्णकेशर माबिमा रियाजुदिन मुसलमानलाई कक्षा २ मा बाणगंगा नगरपालिका–११ बरवा स्थित सुर्योदय माविमा मोहन थारुलाई कक्षा ६ मा, र बाणगंगाकै जनज्योती माबि मोतीपुरमा बिष्णु परियारलाई कक्षा ७ मा, भर्ना गराउनुभएको हो ।
बाणगंगा नगरपालिका, ११ बरवा स्थित बरवा माबिमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खनालले सरकारीे स्कुल हिजो पनि राम्रै रहेको र अझ पनि सक्षम राम्रो रहेको हुनाले भर्ना अभियानलाई सफल बनाउन सबैले बालबालिकाको अभिभावकत्व ग्रहण गर्नुपर्नेमा जोड दिनुभयो ।
यसै गरी शिक्षाको क्षेत्रमा कपिलवस्तु १६ जिल्लामा सवै भन्दा पछि रहेको बताउनु भयो ।यसका लागी शिक्षाको स्तरत माथी उकासीनु पर्ने उहाले बताउनुभयो । विद्यार्थी भर्ना राष्ट्रिय अभियान अन्तर्गत गरिब, बिपन्न बर्गका बालबालिकालाई शिक्षाको पहुँचमा पुर्याउन सरकारले अभियान सुरु गरेको उहाले बताउनुभयो ।
राष्ट्रिय अभियानलाई सार्थकता पार्न जिल्लामा हालसम्म १४ जना बालबालिकालाई बिभिन्न ब्यक्ति बिशेषले अभिभावकत्व ग्रहण गरेका जिल्ला प्रशासन शिक्षा बिकास तथा समन्वय इकाई कपिलबस्तुले जनाएको छ ।
कार्यक्रममा जिल्ला शिक्षा अधिकारी सुरेन्द्र पराजुलीले ,नगरपालिकाका उपमेयर चक्रपाणी अर्याल विद्यालय व्यवस्थापनका अध्यक्ष चन्द्रकान्त आर्चय लगाएत ले मन्तव्य दिएका थिए ।
प्रतिक्रिया दिनुहोस्