ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

घरेलु तथा महिला हिंसामा वृद्धि


admin
१९ बैशाख २०७५, बुधबार   ६ : १६   बजे

काठमाडौँ, १९ वैशाख । राष्ट्रिय महिला आयोगले बितेको १० महिनामा घरेलु हिंसा तथा महिला हिंसामा वृद्धि भएको जनाएको छ ।

लैंगिक हिंसाका घटनाको उजुरी, कार्यान्वयनको अवस्था र चुनौतीबारे सरोकारवाला निकायसँग आज गरेको अन्तक्र्रियामा आयोगले सो जानकारी दिएको हो ।

आयोगका अनुसार गएको साउनदेखि हालसम्म घरेलु हिंसाका घटनामा ५१२ तथा महिला हिंसामा ४९ वटा उजुरी परेका छन् ।

त्यस अवधिमा आयोगले २२९ पीडितलाई मनोसामाजिक परामर्श प्रदान गरेको छ भने १२३ जनालाई कानूनी परामर्शका लागि, २२ जनालाई आश्रयका लागि, ३८ बालबालिकालाई बालगृहमा आश्रयका लागि सिफारिश गर्नुका साथै प्रहरी, मालपोत, स्थानीय निकाय, अध्यागमन कार्यालयलाई ९६ वटा सिफारिश गरी पठाएको थियो ।

संविधानको धारा २५३ अनुसार महिलाको हकहितसँग सरोकार राख्ने नीति तथा कार्यक्रमको तर्जुमा गरी कार्यान्वयनका लागि सरकारसमक्ष सिफारिश गर्ने तथा महिलाको हकहितसँग सम्बन्धित कानून वा नेपाल पक्ष भएको अन्तर्राष्ट्रिय सन्धि वा सम्झौताअन्तर्गतको दायित्व कार्यान्वयनको अनुगमन गरी कार्यान्वयनको उपायसहित सुझाव दिने अधिकार आयोगसँग छ ।

आयोगका सचिव अनिलकुमार ठाकुरले हिंसामा परेका महिलाको पुनःस्थापना अति महत्वपूर्ण रहेको बताउँदै उनीहरुलाई न्यायसहितको पुनःस्थापनाका लागि सरकार, आयोग तथा सरोकारवाला मिलेर काम गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले संघ, प्रदेश तथा स्थानीय तहमा पनि आयोगको भूमिका बढाउनुपर्ने आवश्यकता औँल्याउँदै त्यसका लागि पदाधिकारीको नियुक्ति तथा दक्ष जनशक्ति थप्ने विषयमा सरकारसँग आग्रह गर्ने जानकारी दिनुभयो ।

आयोगका वरिष्ठ अधिकृत निर्मला गुरुङले उक्त विषयमा कार्यपत्र प्रस्तुत गर्दै संवैधानिक तथा कानूनी हिसाबले आयोगमा परेका उजुरीमाथि छानबिन गरी कार्यान्वयन गर्ने अधिकार नभएकाले न्याय पाउने ठूलो आशाका साथ आयोगमा आउने हिंसापीडित महिलाका पक्षमा काम गर्न नसकिरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “आयोगमा महिला हिंसा, घरेलु हिंसा, सामाजिक सञ्जालबाट हुने घटना तथा बहुविवाहका घटनाको उजुरी आउने गर्दछ । पीडितलाई न्याय दिन आयोगका साथै प्रहरी र सरोकारवाला निकायले सकारात्मक भूमिका निर्वाह गर्नुपर्छ । आयोगमा कहिलेकाहीँ हिंसापीडित महिलालाई लामो समयसम्म आश्रय दिनुपर्ने अवस्था पनि हुन्छ ।”

ओरेक नेपालका प्रतिनिधि सञ्चिता तिमिल्सिनाले एकै महिना ३६ वटासम्म बलात्कारका घटनाको उजुरी आएकामा ५० प्रतिशत बालिकासँग सम्बन्धित रहेको अनुसन्धानका क्रममा पाइएको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

सेनेगललाई पराजित गर्दै नर्वे नकआउट प्रवेश

एम्बाप्पे चम्किए, फ्रान्सले इराकलाई गोलविहीन बनायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group