गुल्मी, २० वैशाख । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा पूर्व स्वास्थ्य मन्त्री गगनकुमार थापाले सरकारले राम्रो काम गरेमा नेपाली काङ्ग्रेसले प्रशंसा गर्ने बताउनुभएको छ ।
गुल्मीको धुर्कोट गाउँपालिका वडा नं. ७ वाग्लामा आयोजित आमसभालाई सम्बोधन गर्दै नेता थापाले संविधान र संघीयता सफल बनाउन कांग्रेसले प्रतिपक्षको भूमिका नखेली सरकारलाई सघाउने बताउनुभएको हो । नेता थापाले पार्टीले देशको विकास चाहेकोले जनताले दिएको भूमिकाको कदर गर्दै संविधान र संघियतालाई सफल बनाउन, कानुनहरु बनाउन सरकारसँगै हुने जिकिर गर्नुभयो ।
नेता थापाले अब चाहेर पनि काङ्ग्रेस ५ बर्षसम्म सत्तामा पुग्ने सम्भावना नरहेकाले संगठन सुदृढिकरणमा ध्यान दिनु आवश्यक रहेको बताउनुभयो । उहाँले पार्टीमा फरक मत राखेर भए पनि एकढिक्का भएर जनताको बिचमा जान कार्यकर्ताहरुलाई निर्देशन पनि दिनुभयो ।
स्थानीय तह निर्वाचनमा नेकपा माओवादी केन्द्रसँग तालमेल गरेर केहि स्थानमा जितेको काङ्ग्रेस संघ र केन्द्रको निर्वाचनमा भने अधिकाशं स्थानमा पराजय व्यहोर्दा गुल्मीका कांग्रेस कार्यकर्ता निराश छन् ।
प्रतिक्रिया दिनुहोस्