ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राजधानीमै पानीको हाहाकार


admin
२३ बैशाख २०७५, आइतबार   २ : ४१   बजे

काठमाडौँ, २३ वैशाख। ठाउँको नाम सरकारी धाराचोक भए पनि खानेपानी नपाएर त्यहाँका बासिन्दा काकाकुल बनेका छन् ।

गोकर्णेश्वर नगरपालिका वडा नं ८ स्थित अत्तरखेलमा रहेको सरकारी धाराचोकको सरकारी धारा तीन वर्षअघि सवारी साधनको ठक्करले भत्कियो । गोकर्ण ब्यारेजबाट गुह्येश्वरी फाँटमा सिँचाइका लागि पानी ल्याइएको राजकुलाको छेउमा पञ्चायतकालमै धारा बनाइएको थियो ।

यो धारा हुँदा घरमा धाराबाट पानी नआउनेले पनि पानी थाप्न पाएका थिए तर धारा भत्केपछि खानेपानी नपाएर पानीकै लागि भौँतारिनु परेको स्थानीय दीपक बस्नेतले गुनासो गर्नुभयो ।

सुन्दरीजलबाट ल्याइएको पानी सार्वजनिक धाराका रुपमा राखेपछि धेरै स्थानीयवासीले सुविधा पाएका थिए । धारा बिग्रँदै गएपछि कसैले मर्मत नगरेको र जीर्ण बनेको धारालाई गाडीले सामान्य ठक्कर दिँदा भत्किएको स्थानीय सडक सुधार समितिका अध्यक्ष टेकबहादुर बस्नेतले बताउनुभयो ।

धारा किनारको १६० मिटर दूरीको सडक कालोपत्र गर्न चार वर्ष लागेको उहाँको गुनासो थियो । “नगरपालिकाले प्रत्येक वर्ष रु तीनदेखि चार लाख बजेटमात्र छुट्याउँछ, तर पनि छोटो दूरीको सडक कालोपत्र गर्न चार वर्ष कुर्नुप-यो । ”–उहाँले भन्नुभयो ।

राजकुलामा बनेको सडकको यो हालत छ भने भत्किएको धारा पुनःनिर्माणमा पनि कसैले ध्यान नदिएकामा स्थानीयवासी असन्तुष्ट छन् । गोकर्णेश्वर नगरपालिका वडा नं –८ का अध्यक्ष मनोज ढुँगाना भने सुन्दरीजलबाट पानी आउन छोडेपछि धारा पनि बन्द भएकाले सरकारी धारा हराएको बताउनुभयो ।

उपत्यकामा थोरै घर हुँदा बनेका सरकारी धारा जनघनत्व बढेसँगै काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले भत्काएको थियो । घर बढेसँगै उपत्यकाका धेरै घरमा लिमिटेडको धारा जोडिएको छ तर ती धारामा पानी होइन हावा आउने गरेको उपभोक्ताको भनाइ थियो । सरकारी धाराले पानीको महसुल पनि नतिर्ने भएकाले लिमिटेडलाई आर्थिक भार समेत थियो ।

लिमिटेडका प्रवक्ता सुरेश आचार्य खानेपानी संस्थान कम्पनीमा गएपछि विसं २०६४ फागुन १ गतेपछि सार्वजनिक धारा जडान नगरिएको उल्लेख गर्नुभयो “संस्थान हुँदा उपत्यकामा एक हजार १९६ धारा वितरण गरिएको थियो, त्यसबेला अर्थ मन्त्रालयले सार्वजनिक धाराको महसुल तिथ्र्यो, कम्पनीमा गएपछि स्थानीय सरकारले तिर्ने भनेपनि अहिलेसम्म महसुल बुझाएका छैनन्”–उहाँले भन्नुभयो ।

अब कतै सार्वजनिक धारा राखिए स्थानीय तहले नै महसुल तिर्नुपर्ने लिमिटेडले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

सेनेगललाई पराजित गर्दै नर्वे नकआउट प्रवेश

एम्बाप्पे चम्किए, फ्रान्सले इराकलाई गोलविहीन बनायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group