गोरखा, २३ वैशाख । गोरखामा प्रहरीले आफ्नै आमालाई जवरजस्ती करणी गरेको अभियोगमा एक युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भीमसेन थापा गाउँपालिका–६, छापागाउँका ३३ वर्षका युवक छन् । उनको पत्नीले ६५ वर्षकी आमालाई करणी गरिरहेको देखेपछि प्रहरीमा खबर गरेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । आमाले भने सहमतीमै करणी भएको बताएको प्रहरी स्रोतले बताउँछ ।
घटनाबारे प्रारम्भीक अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय अन्तर्गतको महिला तथा बालबालिका सेवा केन्द्रले जनाएको छ ।
सहमतिमै करणी भएको अवस्थामा पनि युवकलाई हाडनाता करणी अन्तर्गत व्यक्तिवादी फौजदारी मुद्धा लाग्ने कानुनी प्रावधान छ ।
गएको २० गते आफ्नै आमालार्इ करणाी गरेको भन्दै युवककी श्रीमतीले उजुरी दिएकी थिइन् ।
प्रतिक्रिया दिनुहोस्