ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पत्रकारको तलब बैंक खाताबाट मात्र दिइने


admin
२४ बैशाख २०७५, सोमबार   ४ : ०२   बजे

काठमाडौँ, २४ वैशाख । सूचना तथा सञ्चार प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सबै श्रमजीवी पत्रकारको तलब बैंक खाताबाट मात्र दिने व्यवस्था गरिने बताउनुभएको छ ।

प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपालको प्रदेश नं ३ ले नेपाल पत्रकार महासंघको प्रदेश निर्वाचनमा विजयीहरुलाई बधाई तथा शुभकामना दिन आज आयोजना गरेको कार्यक्रममा राज्यमन्त्री बाँस्कोटाले श्रमजीवी पत्रकार ऐनको प्रभावकारी कार्यान्वयन र सञ्चार क्षेत्रको पारदर्शिताका लागि सरकारले आउँदो नीति तथा कार्यक्रममा त्यस्तो व्यवस्था गर्ने बताउनुभएको हो । उहाँले भन्नुभयो, “पत्रकारलाई खाममा तलब दिने प्रथा अबदेखि बन्द गराउन लागेका छौँ ।”

उहाँले मुलुकको समृद्धि र सुशासन भएमा पत्रकारिता क्षेत्र पनि समृद्ध हुने तथा साना लगानीका पत्रिकाले पनि सहजरुपमा विज्ञापन पाउने भन्दै विज्ञापन प्राधिकरण गठन गरी यस क्षेत्रलाई व्यवस्थित गरिने जनाउँदै सञ्चार क्षेत्रले आलोचनात्मक चेतनाका साथ भ्रष्टाचार र दलालीकरणलाई उजागर गर्नुपर्ने बताउनुभयो ।

चौतारीका अध्यक्ष गणेश बस्नेतले सरकारको सुशासन र समृद्धिका कार्यक्रममा सञ्चार माध्यमले सघाउनुपर्ने बताउनुभयो ।

प्रेस सेन्टर नेपालका उपाध्यक्ष बलराम थापा, लोकतान्त्रिक छापा माध्यम राष्ट्रिय सञ्जालका अध्यक्ष दामोदरप्रसाद दवाडीले पत्रकार महासंघमा सहमति र निर्वाचनका माध्यममा प्रदेश संरचना बनेको खुशी व्यक्त गर्नुभयो ।

कार्यक्रममा राज्यमन्त्री बाँस्कोटाले महासंघको नवनिर्वाचित उपत्यका प्रदेशका अध्यक्ष एनके दाहाल, प्रतिष्ठान प्रदेशका अध्यक्ष शेखर अधिकारी, एशोसिएट प्रदेशका अध्यक्ष केपी ढुंगानालगायत पदाधिकारीलाई बधाई र शुभकामना दिनुभएको थियो । यही वैशाख २२ गते महासंघको प्रदेश निर्वाचन सम्पन्न भएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

सेनेगललाई पराजित गर्दै नर्वे नकआउट प्रवेश

एम्बाप्पे चम्किए, फ्रान्सले इराकलाई गोलविहीन बनायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group