काठमाडौं, २७ वैशाख । रौतहटको कटहरिया नगरपालिकाका मेयर सियाराम कुशवाहालाई हिन्दु युवासंघ वीरगञ्जका तत्कालिन अध्यक्ष काशीनाथ तिवारीको हत्याको आरोपमामा पक्राउ गरिएको छ।
केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले मेयर कुशवाहलाई बिहीवार काठमाडौंबाट पक्राउ गरेको ब्युरोका एसपी बुद्धि गुरुङले जानकारी दिए।
कुशवाहालाई जिल्ला अदालत बाराले दिएको सफाइ उल्टाउँदै जनकपुर उच्च अदालतले जन्मकैदको सजाय सुनाएको थियो।
उनी माओवादी केन्द्रबाट उम्मेदवारी दिई निर्वाचित भएका थिए। साथै पूर्वमन्त्री प्रभु साहका स्वकीय सचिव थिए।
हिन्दु युवासंघका अध्यक्ष तिवारीको २०६७ असार १२ गते वीरगञ्ज मसानघाट शिवपार्वती मन्दिर नजिकै हत्या भएको थियो।
प्रतिक्रिया दिनुहोस्