ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रहरी र प्रशासनमाथि अवैध बालुवा खानी सञ्चालन गरेको आरोप


admin
२७ बैशाख २०७५, बिहिबार   ७ : ३४   बजे

भक्तपुर, २७ वैशाख । प्रहरी र प्रशासनकै मिलेमतोमा चाँगुनारायण नगरपालिकाका झौखेल र दुवाकोटमा व्यापक रुपमा अवैध दर्जन बालुवा खानी सञ्चालन भएको आरोप लागेको छ ।

अवैध बालुवा खानी सञ्चालन हुँदा भूमि दोहन बढेको छ भने गाउँगाउँमा जाने सडकसमेत बिग्रिएर हिँड्नै नहुने भएको छ । जिल्ला प्रशासन कार्यालयमै गएर उजुरी दिँदा समेत सुनुवाइ नभएको स्थानीय बासिन्दाले पत्रकारलाई बताएका छन् । नगरपालिका– २ मा व्यवसायी राजेन्द्रप्रसाद आगञ्जाले कानूनविपरीत बालुवा खानी र धुने काम सञ्चालन गर्दा स्थानीय कासुला टोल जाने बाटो बिग्रिएर हिँड्नै नहुने अवस्थामा पुगेको पूर्णभक्त सुवालले बताउनुभयो ।

आगञ्जाको बालुवा खानी र बालुवा धुलाइले गाउँमा जाने बाटो बिग्रिएर हिँड्नै नहुने अवस्था भएको र गाउँका बस्तीले निकै कठिनाइ भोग्नुपरेको बताउनुभयो । “बालुवा वासिङका लागि खानीले जमीनमुनिको पानी निकाल्दा खानेपानीको मुहान बन्द भएको छ, सडकसमेत मासिएको छ”, उहाँले भन्नुभयो ।

सोही ठाउँमा सात वर्षदेखि गाई फार्म सञ्चालन गर्दै आउनुभएका प्रदीपराज पन्तले आफूसहितको स्थानीयवासीको टोलीले जिल्ला प्रशासन कार्यालय पुगेर प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टलाई अवैध खानी बन्द गराउन माग गर्दा आफू उल्टै थुनिनुपरेको बताउनुभयो । पन्तले भन्नुभयो, “नगरपालिकाको पत्र लिएर प्रमुख जिल्ला अधिकारीकहाँ अवैध खानी बन्द गराउन र मासिएको बाटो खुलाउन माग गर्न जाँदा उल्टै ठूलो स्वरले बोलेको भन्दै मलाई अपराधी जस्तो गरी हतकडी लगाएर प्रहरी परिसरको थुनुवा कक्षमा दिनभर थुनियो, किसान र स्थानीयवासीले आन्दोलन गर्ने सुइँको पाएर राति छोडियो, अब न्याय माग्न कहाँ जाने ?”

प्रजिअ भट्टले दिउँसो पन्तलाई थुनामा राख्ने आदेश दिए पनि राति उहाँकै आदेशमा छाडिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख किरण राणाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “प्रमुख जिल्ला अधिकारीले थुन्ने आदेश दिनुभयो, हामीले थुनिदियौँ, पछि छाड्ने आदेश दिनुभयो छाडिदियौँ, पन्तले जिल्ला शिक्षा अधिकारीसँग चर्को स्वरमा अभद्र भएर कराएको पाइएको छ ।”

प्रजिअ भट्टले स्थानीयवासीको मागअनुसार तत्काल खानी बन्द गराएर बुधबार नै प्रहरीलाई लिखितपत्र पठाइएको बताउनुभयो । खानी सञ्चालक आगञ्जाले भने जिल्ला समन्वय समितिसँग माटो खानी सञ्चालनको अनुमति लिइएको र जिल्ला घरेलु कार्यालयबाट बालुवा धुने अनुमति लिइएको बताउनुभयो । उहाँले भन्नुभयो, “मेरो खानीले बाटो बिगारेको पनि छैन, अवैध पनि होइन, मैले अनुमति लिएर नै सञ्चालन गरेको हुँ, मैले यसको राजश्वसमेत तिर्दै आएको छु ।”

पत्रकारको टोली आज झौखेल र दुवाकोटका खानीमा पुग्दा अवैध करीब आठ बालुवा खानी निर्धक्कसँग चलेका थिए । चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले अवैध रुपमा सञ्चालित खानीलाई बन्द गराउन प्रहरी प्रशासनलाई पत्राचार गरिएको बताउनुभयो ।

१० ट्रक बालुवा बेपत्ता 

जिल्ला प्रशासन कार्यालय, प्रहरी परिसर, जिल्ला समन्वय समिति, नगरपालिका, नगर विकास प्राधिकरण भत्तपुरलगायतको मिलेमतोमा बालुवा तस्करी भइरहेको आरोप लाग्दै आएको छ । चाँगुनारायण – ३ का वडाध्यक्ष श्यामसुन्दर धिमालसहितको टोलीले अवैध रुपमा खानी सञ्चालन भएको स्थानबाट बुधबार साँझ नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको १२ ट्रक बालुवामध्ये १० ट्रक बालुवा बाटामै हराएको छ ।

जनप्रतिनिधिको टोलीले बुझाएको बालुवाको गाडीलाई समेत कुनै कारवाही नगरी प्रहरीले बीचबाटाबाटै छाडिदिएपछि प्रहरी र प्रशासनको मिलेमतो भएको पुष्टि भएको जनप्रतिनिधिले बताएका छन् । प्रहरी उपरीक्षक राणाले भने प्रहरीले तीन ट्रक बालुवामात्रै नियन्त्रणमा लिएको जिकिर गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

सेनेगललाई पराजित गर्दै नर्वे नकआउट प्रवेश

एम्बाप्पे चम्किए, फ्रान्सले इराकलाई गोलविहीन बनायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group