काठमाडौं, ६ जेठ । मलेसिया जाने कामदारसँग अवैध रुपमा रकम उठाएको भन्दै प्रहरीले भिएलएन नेपाल हार्वेस्ट ग्रुप अफ कम्पनीका अध्यक्ष राम श्रेष्ठलाई पक्राउ गरेको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले अध्यक्ष श्रेष्ठलाई आइतवार दिउँसो पक्राउ गरेको हो। वायोमेट्रिक मेडिकलको डाटा राख्दै आएको कम्पनीले दुई अर्ब ४२ करोड रुपैयाँ गैरकानुनी रुपमा उठाएको भन्दै प्रहरीले श्रेष्ठलाई समातेको हो।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले माइग्राम्स, ओएससी, भीएलएन, जीएसजीबाट लिने शुल्क अवैधानिक भएको निर्णय गर्दै त्यसलाई रोक्न गृह मन्त्रालयलाई पत्राचार गरेको थियो । सोही अनुसार उनलाई पक्राउ गरिएको हो ।
भिएलएन नेपालले मलेसियाली कम्पनी अल्ट्रा किरण एसडिएन बीएचडीलाई व्यावसायिक साझेदार बनाएर काम गर्दै आएको छ।
गुप्रका अन्य सदस्यलाई समेत पक्राउ गरिएको महानगरीय प्रहरी परिसरका डिएसपी मोहनकुमार थापाले जनानकारी दिए। समातिएकालाई नेपाल पुलिस क्लबमा राखिएको छ।
मलेसियाको बेस्टिनेट एसडिएन बिएचडी प्रालि नामक कम्पनी मार्फत् नेपालमा बायोमेट्रिक प्रणाली लागू गरिएको थियो।
प्रतिक्रिया दिनुहोस्