कपिलवस्तु, ८ जेठ । प्रदेश नं ५ का मुख्यमन्त्रि शंकर पोखरेलले कपिलवस्तुको सिमसार क्षेत्र जगदीशपुर ताललाई आगन्तुक चराहरुको अध्ययन केन्द्र बनाउने बताउनुभएको छ । यस सिमसार क्षेत्रको तालमा विभिन्न देशबाट विभिन्न किसिमका चराहरु आएर आफ्नो बासस्थान बनाउदै आएको हुनाले यस क्षेत्रलाई आगन्तुक चराहरुको अध्ययनको लागी अध्ययन केन्द्र बनाउने बताएका हुन् ।
प्रदेश नम्बर ५ ले मंगलबार कपिलवस्तु नगरपालिकास्थित विश्व सीमसार क्षेत्रमा सूचिकृत जगदीशपुर तालमा आयोजना गरेको २५ औं अन्र्तराष्टिय जैविक विविधता दिवसको अवसरमा बोल्दै उनले सो कुरा बताएका हुन् । यसैगरी कार्यक्रमको अवसरमा उनले जगदिशपुर तालको अवलोकनका लागी निर्माण गरिएको भ्यू टावरको उद्घाटन समेत गरे।
मुख्यमन्त्री पोख्रलले जगदिशपुर ताल क्षेत्रमा जैविक बिबिधतापुर्ण पार्क निर्माण गरिने, ताल बरिपरि फरक फरक विभिन्न प्रजातीका बिरुणा रोपण गरिने लगायतका योजना प्रदेश सरकारले ल्याउने बताए ।
१५७ हेक्टर क्षेत्रफलमा फैलिएका जगदीशपुर तालमा जाडोको चार–पाच महिना चराचुरुङगी आई बच्चा हुर्काई फर्कने गर्दछन् । तालमा आजभोली पेकि डग, कुर्मा, नील टाउके, माल्टाज, फिस्टा, खटखटे, भुडीफोर र सुनजुरे लगायतका चराचुरुङगी प्रसस्त देखिन्छन् । साईबेरिया, चीन, रुश र भारत लगायतबाट जाडो छल्न प्रसस्त चराचुरुङगीहरु आउने गर्दछन् । यहाँ सारश, भुडिफोर गरुड र गिद्ध लगायत ६ प्रजातीका दुर्लभ चराचुरुङ्गीहरु पाईन्छ । तालमा १५० बढी चराचुरुङगीको बास स्थल, ३८ प्रजातीका सरिसृप र ८ प्रजातिका उभयचर पाईने नेपाल पंक्षी संरक्षण संघ (बिसिएन)को अध्ययनले बताएको छ ।
कार्यक्रममा मन्त्रालयका सचिव सुर्यकान्त सिग्देल, उपसचिव शरदबाबु पंगेनी, बिसिएन नेपालका परियोजना अधिकृत भूपाल नेपाली, प्रमुख जिल्ला अधिकारी मदन भूजेल लगायत जिल्लामा सम्पुर्ण प्रदेश सांसद, जनप्रतिनिधी, स्थानीयको उत्साहजनक सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्