विराटनगर, ९ जेठ । साँढे ३३ किलो सुन तस्करी प्रकरण र सनम शाक्य हत्या प्रकरणमा पुर्पक्षका लागि थुनामा राखिएका २८ जना अभियुक्तलाई सुनसरीको झुम्कास्थित क्षेत्रीय कारागारमा सारिने भएको छ।
जिल्ला अदालत मोरङले मंगलबार एसएसपी दिवेश लोहनी, पूर्व डिआइजी गोविन्द निरौलासहित २८ जनालाई मंगलबार पुर्पक्षको लागि जिल्ला कारागार मोरङ लैजान आदेश दिएको थियो।
तर, कारागारमा ठाउँको अभाव भएपछि उनीहरुलाई क्षेत्रीय कारागार झुम्का लैजान लागिएको हो।
अर्को कारागारमा सार्नुपर्दा अदालतको स्वीकृति लिनुपर्ने कानुनी व्यवस्था छ। अदालतको आदेश आएपछि उनीहरुलाई झुम्का लगिनेछ।
प्रतिक्रिया दिनुहोस्