काठमाडौँ, ९ जेठ । संघीय संसद्मा आर्थिक वर्ष २०७५÷७६ को नीति तथा कार्यक्रममाथिको छलफल जारी छ ।
प्रतिनिधिसभाको आजको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै करीब तीन दर्जन सांसदले आ–आफ्नो धारणा राख्नुभएको थियो ।
नीति तथा कार्यक्रममा प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस, संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालका २३ सांसदले १६ भन्दा बढी विषयमा फरकफरक संशोधन प्रस्ताव प्रस्तुत गर्नुभयो ।
प्रतिनिधिसभाको अर्काे बैठक भोलि जेठ १० गते बिहान १० बजे बस्नेछ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम यही जेठ ७ गते संघीय संसद्मा प्रस्तुत गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्