म्याग्दी , ११ जेठ । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरमा एकिकृत घुम्ती शिवीर सुरु भएको छ । जिल्ला प्रशासन कार्यालयको आयोजना र अन्नपूर्ण गाउँपालिकाको समन्वयमा शुक्रवारदेखि सुरु भएको दुई दिने घुम्ती शिवीरमा जिल्ला स्थित सरकारी कार्यालयहरुले सेवा प्रवाह गरेका छन् । शिवीरमा अपांगता भएका व्यक्ति र ज्येष्ठ नागरिकहरुलाई नागरिकताको प्रमाणपत्र हस्तान्तरण गरि सुभारम्भ गरिएको छ ।
शिविरमा नागरिकताको प्रमाणपत्र लिनेहरुको संख्या बढी देखिएको छ । दुई दिनसम्म सञ्चालन हुने उक्त शिविरमा नागरिकता वितरण संगै जिल्ला स्थित सरकारी कार्यालयहरुबाट प्रवाह हुने सेवा सुविधाहरुलाई गाउँपालिकाको केन्द्र रहेको पोखरेबगरबाटै उपलब्ध गराईएको छ ।
तस्बीरमा पोखरेबगरको एकिकृत घुम्ती शिवीर-
प्रतिक्रिया दिनुहोस्