काठमाडौँ, १३ जेठ । राष्ट्रियसभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले नीति तथा कार्यक्रमको जवाफ दिँदै संशोधनको प्रस्ताव फिर्ता लिन आग्रह गर्नुभएको छ ।
यही जेठ ७ गते संसद्को दुवै सदनमा प्रस्तुत आगामी आर्थिक वर्ष २०७५÷७६ को नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले आजको राष्ट्रियसभामा सदस्यले उठाएका विषयलाई उच्च सम्मान गरिएको बताउनुभयो । उहाँले समृद्ध नेपाली, सुखी नेपालीका लागि सर्वत्र विकास आवश्यक छ भन्दै कृषि, उद्योग, व्यापार, उद्योग, पर्यटन, रोजगारी, पूर्वाधारका क्षेत्रमा विकास गर्नका लागि नीति तथा कार्यक्रमले आधार तयार गरेको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले भारतसँग सम्झौता भएका तर कार्यान्वयनमा नआएका विषयलाई अब कार्यान्वयनमा लगिने बताउनुभयो । प्रधानमन्त्रीले निर्यातमूलक उत्पादनमा प्राथमिकता दिइने बताउँदै आर्थिक उन्नतिका लागि पूर्वाधारको महत्व हुने भएकाले त्यसलाई सरकारले विशेष जोड दिएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्