नेपालगन्ज, १५ जेठ । अत्याधिक गर्मी बढेपछि बाँकेको कोहलपुर नगरपालिकामा रहेका विद्यालयहरू एक साताका लागि बन्द गरिएको छ ।
कोहलपुर नगरपालिका शिक्षा शाखाको सोमबार बसेको बैठकले नगरभित्रका सामुदायिक र संस्थागत विद्यालय एक साताका लागि बन्द गर्ने निर्णय गरेको हो । विद्यालय निरीक्षक दानबहादुर बिष्टका अनुसार जेठ १६ देखि २२ गतेसम्म नगरभित्रका सम्पूर्ण विद्यालयहरु बन्द गर्ने निर्णय भएको छ ।
बाँकेमा पछिल्लो समयको तापक्रम ४२ दशमलब २ डिग्री सेल्सियस पुगेपछि जनजीवन प्रभावित भएको छ । चर्को गर्मीमा जस्तापाताका छाना भएका कतिपय विद्यालयमा बिना पंखा विद्यार्थी र शिक्षकहरु अध्ययन अध्यापन गर्न बाध्य रहेका थिए । कोहलपुर क्षेत्रमा २९ सामुदायिक र ३२ संस्थागत विद्यालय रहेका छन् । चर्को गर्मीका कारण कोहलपुर, नेपालगन्ज, खजुरा लगायतका क्षेत्रको जनजिवन कष्टकर हु“दै जान थालेको छ ।
प्रतिक्रिया दिनुहोस्