ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अनि यसरी लियो गुरुकुलले दलित विधार्थीलाई भर्ना..


admin
१५ जेष्ठ २०७५, मंगलबार   ३ : ४६   बजे

काँकडभिट्टा, १५ जेठ।  श्रीकृष्ण द्वैपायन गुरुकुल वेदविद्याश्रमले बरबोटे–५ इलामका दलित बालक विकास कार्कीढोलीलाई आवासीय भर्ना लिने भएको छ ।

गुरुकुलको विशेष साधारणसभाले सोमबार विकासलाई भर्ना लिने सर्वसम्मत निर्णय गरेको थियो । दलितलाई भर्ना लिन अस्वीकार गरेर जातीय विभेद गरेको भनी गुरुकुल सञ्चालकविरुद्ध दलित संघसंगठनले आन्दोलन गर्दै आएका थिए ।

नेपाल राष्ट्रिय उत्पीडित विद्यार्थी संगठनले सोही विषयमा यही जेठ १० गते गुरुकुलमा तालाबन्दी गर्नाका साथै प्रशासनमा कानूनी कारवाहीका लागि उजूरी दिएको थियो । वेदविद्याश्रम सञ्चालक समितिका अध्यक्ष राजेन्द्र चापागाईंले गुरुकुलको विशेष साधारणसभाले कार्कीढोलीलाई आवासीय भर्ना लिने प्रस्ताव पारित गरेको जानकारी दिनुभयो । दलित संगठन र गुरुकुल सञ्चालकबीच भर्नाका विषयमा मतभेदका कारण विवाद बढ्दै गएपछि समाधानका निम्ति उचित निर्णय लिन सोमबार गुरुकुलको विशेष साधारणसभा बोलाइएको थियो ।

गुरुकुलको साधारणसभाले विनाभेदभाव जुनसुकै जाति, वर्ग र लिङ्गका विद्यार्थीलाई शैक्षिक भर्ना लिने निर्णय गरेपछि एक सातादेखि चर्किंदै आएको विवाद अब साम्य हुने भएको छ । भर्ना हुन चाहने जुनसुकै विद्यार्थी शैक्षिक भर्नासम्बन्धी म्यादभित्र आउनुपर्ने र गुरुकुलको नियमानुसार त्यसरी आउने विद्यार्थीलाई विनाभेदभाव भर्ना गरिने साधारणसभाको निर्णयमा उल्लेख छ । साधारणसभाले कार्कीढोलीका हकमा भने तत्काल आवासीय भर्ना गरिने निर्णय गरेको छ । उनका लागि शैक्षिक भर्नाको म्याद लागू हुने छैन ।

गुरुकुलको विधान संशोधन गर्न समिति 

गुरुकुलको विधान संशोधन गर्न आश्रमका सहायक प्राध्यापक गंगाराम ढुङ्गेलको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको छ । साधारणसभाबाट गठित विधान संशोधन मस्यौदा समितिका सदस्यमा कानूनविद् कुलप्रसाद दाहाल र समाजसेवी दुर्गाप्रसाद भट्टराई हुनुहुन्छ ।

विधानमा महिला, दलित र जनजाति समुदायलाई गुरुकुलमा पढ्न पाउने प्रावधान समावेश गर्न समितिले विधानलाई कानूनसम्मत बनाउने जिम्मेवारी पाएको समितिले जनाएको छ ।

यो पनि पढ्नुहोस्-

दलित बालकलाई गुरुकुलमा भर्ना लिइएन, अध्यक्ष पक्राउ

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

सेनेगललाई पराजित गर्दै नर्वे नकआउट प्रवेश

एम्बाप्पे चम्किए, फ्रान्सले इराकलाई गोलविहीन बनायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group