काठमाडौं, १८ जेठ । बोक्सीको भन्दै निर्घात कुटपिट गर्ने भोलेबाबा भनिने राम बहादुर चौधरीलाई पाँच वर्षको कैद सजायको आदेश भएको छ ।
जिल्ला अदालत कैलालीले चौधरीसहित तीन जनालाई दोषी ठहर गर्दै कैद सजाय आदेश दिएको हो ।
भोलेबाबालाई पाँच वर्ष कैद र एक लाख जरिवाना गर्ने आदेश भएको छ । भोलेबाका सहयोगी किस्मती चौधरीलाई एक वर्ष कैद र ५० हजार जरिवाना र स्मारिका चौधरीलाई ६ महिना कैद र २५ हजार जरिवाना भराउने आदेश भएको छ।
जिल्ला न्यायाधीश पर्शुराम भट्टराईको एकल इजलासले भोलेबाबालाई सहयोग गरेको भन्दै पक्राउ परेका अन्य तीन जनालाई भने सफाइ दिएको छ। अदालतले स्थानीय चनकलाल चौधरी, वेदप्रसाद चौधरी र सीतारानी चौधरीलाई अदालतले सफाइ दिएको हो।
गत फागुन २४ गते बोक्सीको आरोपमा कैलालीको घोडाघोडी नगरपालिका, ५ देउकलियाकी राधा चौधरीमाथि निर्घात कुटपिट भएको थियो। सोही मुद्धामा ६ जनाविरुद्ध ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा चलाइएको थियो।
प्रतिक्रिया दिनुहोस्