काठमाडौं, २२ जेठ । नेपाल बिद्यार्थी संघले पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल खारेज गर्नुपर्ने भन्दै मूल्यवृद्धि फिर्ता नभए कडा आन्दोलन गर्ने चेतावनी दिएको छ ।
नेविसंघले मंगलबार जिल्ला प्रशासन कार्यालय काडमाडौंमा ज्ञापन पत्र बुझाउदै पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल खारेज गर्न माग गरेको हो । अन्तराष्ट्रिय मूल्य समायोजनको नाममा गैरजिम्मेवार ढंगबाट बढाइएको मूल्यवृद्धि अविलम्व खारेज हुनुपर्ने उनीहरुले भनाई छ ।
त्यस्तै उनीहरुले अन्तराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको लगातार मूल्यवृद्धि भए बिद्यार्थीहरुलाई सहुतियत दरमा पेट्रोलियम पदार्थ उपलव्ध गराउन पनि ध्यानाकर्षण गराएको छ ।
ज्ञापनपत्र बुझाउदै नेविसंघका केन्द्रिय सहमहामन्त्री प्रेम जोशीले सरकारको पूर्ण स्वामित्वमा आयल निगम रहेपनि जनताको दैनिक जिवनयापनमा असर पर्ने गरि मुल्य बढाउनु दुखद भएको बताउनुभयो ।
पछिल्लो समय अन्तराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मुल्य घट्दा पनि नेपालमा भने बढाईएको भन्दै उहाले आपत्ती जनाउनुभयो ।
उहाले तत्काल पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल खारेज नभए बिरोध प्रर्दशन बाहेकका कडा आन्दोलन सार्वजनिक गर्ने चेतावनी पनि दिनुभयो । यसअघि सोमबार संयुक्त बिद्यार्थी संगठनले पनि पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल खारेज गर्न माग गर्दे आन्दोलन गर्ने चेतावनी दिएको थियो ।
प्रतिक्रिया दिनुहोस्