ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्थानीयतहका स्वास्थ्यकर्मीलाई तलव खुवाउनु मेरो पहिलो काम- उपप्रधानमन्त्री यादव


admin
२४ जेष्ठ २०७५, बिहिबार   ६ : १४   बजे

काठमाडौँ, २४ जेठ।  उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले स्थानीय तहमा खटाइएका स्वास्थ्यका कर्मचारीलाई तलव खुवाउनु नै आफ्नो पहिलो काम हुने बताउनुभएको छ ।

स्थानीय तहमा खटाइएका स्वास्थ्यका कर्मचारीले लामो समयदेखि तलव नपाएपछि अर्थ मन्त्रालयमा बजेटका लागि पत्रचार गरिसकेको उहाँले जानकारी दिनुभयो ।

आज कुराकानी गर्दै उहाँले पाँच महिनादेखि तलव नपाएपछि स्थानीय तहमा खटाइएका स्वास्थ्यका कर्मचारीमा निराशा उत्पन्न भएकाले मन्त्रालयकोे जिम्मेवारीमा आएपछि आफ्नो पहिलो काम उनीहरुलाई तलब खुवाउनु रहेको भन्नुभयो ।

उपप्रधानमन्त्री यादवले तलवका लागि आवश्यक रकम निकासा गर्न अर्थ मन्त्रालयमा पत्रचार गरिसकेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘‘मन्त्रालयमा बजेट अभाव छ, कर्मचारीलाई दिने रकम छैन, अस्पतालको ऋण, कर्मचारी व्यवस्थापनमा असन्तुलनजस्ता धेरै समस्या छन्, सबैलाई क्रमशः समाधान गर्दै जानेछौँ, पहिलो काम कर्मचारीलाई तलव उपलब्ध गराउने नै हो ।’’

देश संघीयतामा गएसँगै स्थानीय तहको मातहतमा खटिएका स्वास्थ्यका कर्मचारीले लामो समयदेखि तलवसुविधा नपाउँदा आफ्ना बालबच्चाको अध्ययनदेखि दैनिक निर्वाहमा गम्भीर समस्या आएको भन्दै छिटोभन्दा छिटो तलव सुविधाको व्यवस्था गर्न माग राखी विभिन्न जिल्लाका स्वास्थ्यकर्मीले आन्दोलनसमेत शुरु गरेका छन् ।

छिटोभन्दा छिटो तलव उपलब्ध गराउने प्रयास भइरहेकाले तत्काल आन्दोलनमा नहोमिन उपप्रधानमन्त्री यादवले कर्मचारीलाई आग्रह गर्नुभयो ।

गाउँपालिका र नगरपालिकाका प्रमुखलाई यस सम्बन्धमा पटकपटक मौखिक जानकारी गराइएपनि वेबास्ता गरेपछि उनीहरुले स्वास्थ्य सचिवदेखि प्रधानमन्त्रीसम्मलाई ध्यानाकर्षण गराएका हुन् ।

बाँके, चितवन, भक्तपुर, धादिङ, सर्लाही, ललितपुरलगायत जिल्लाका कर्मचारीले नगरपालिका अगाडि धर्ना दिने र ज्ञापनपत्रमार्फत ध्यानाकर्षण गराएका छन् ।

स्थानीय तहका सरकारले खटाएपछि खुसी भएर जिम्मेवारी वहन गरेपनि सरकारले आफुहरूलाई बेवास्ता गर्दा खिन्नता महसुस भएको स्वास्थ्यकर्मीहरू बताउँछन् ।

तलबबाटै घरभाडा, छोराछोरीको पढाई, खाद्यान्न, परिवारको पालनपोषणलगायत दैनिक उपभोगका सामानहरूको व्यवस्था गर्नुपर्ने अवस्था आइलागेका हुनाले तलबभत्ता रोकिँदा आफूहरु मर्कामा परेको स्वास्थ्यकर्मी लक्ष्मी शर्माले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

सेनेगललाई पराजित गर्दै नर्वे नकआउट प्रवेश

एम्बाप्पे चम्किए, फ्रान्सले इराकलाई गोलविहीन बनायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group